चाउचाउ पकाउन ग्याँस खोलेर सलाई खोज्न थाल्दा जलेर घाइते बालकको मृत्यु

चाउचाउ पकाउन ग्याँस खोलेर सलाई खोज्न थाल्दा जलेर घाइते बालकको मृत्यु

ajeljung-lamichane

पर्वतको मोदी गाऊँपालिका – ६ तिलाहारमा चाउचाउ पकाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ ।

साविकको तिलहार गाबिसका पुर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्वत जिल्ला नेता लोकेन्द्रजंग लामिछानेका ११ बर्षिय छोरा एञ्जलजंग लामिछानेको शनिबार मृत्यु भएको हो । मृतक लामिछानेका एक मात्र छोरा हुन । उनका दुई दिदी छन् ।

साउन ६ गते चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका लामिछानेको काठमाडौं किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा खुल्लै छाडेर सलाई खोजेर बाल्ने क्रममा शरीरमा आगो सल्किएको छिमेकीले बताएका छन् ।

घाइते भएका बालक लामिछानेलाई उपचारका लागि पोखरा ल्याईएकोमा थप उपचारका लागि किर्तीपुर अस्पतालमा पु¥याइएको थियो । लामिछाने स्थानिय नवजागृत माबि तिलहारमा ५ कक्षामा अध्ययनरत थिए । मृतकका बाबु लोकेन्द्रजंग लामिछाने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुन् ।

लामिछानेको निधनमा बिद्यालयले शोक मनाएर एक दिन आइतबार बिद्यालय बन्द गरेको प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds