पोखरा, ११ साउन / पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसमा गुरुपूर्णिमाको अवसरमा गुरु वर्गलाई सम्मान र कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
पोखरा मल्टिमोडल प्रा.लि.का प्रबन्धक सञ्चालक राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमा क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी ले विद्यार्थीहरु एकलव्य जस्तै शिष्य बन्नु पर्ने एवं गुरुहरु विद्यार्थीहरुको मुटु र मस्तिष्कमा छाउनुपर्ने विचार व्यक्त गरे ।
सो अवसरमा पोखरा मल्टिमोडल प्रालिका उपाध्यक्ष एवम् वरिष्ठ प्राध्यापक रामनाथ अधिकारीलाई विद्यार्थीहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा त्रि.वि.प्राध्यापक संघ पोखरा मल्टिमोडल क्याम्पस एकाइका अध्यक्ष नगेन्द्र भण्डारी लगायतले मन्तव्य व्यक्त गरे ।

दिवा कार्यक्रम संयोजक बाबुराम लामिछानेले स्वागत गरेको कार्यक्रममा प्रा.डा. यदुनन्दन उपाध्यायले धन्यबाद ज्ञापन गरेका थिए । मल्टिमोडलका विद्यार्थीहरुले सम्पूर्ण गुरुवर्ग तथा कर्मचारीलाई मायाको चिनो एवं माला लगाएर सम्मान गरेका थिए ।
कक्षा १२ का विद्यार्थी नीता प्रधान, श्रेया गिरी, देव नेपाली र कविता पौडेलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरे भने कक्षा ११ का तर्फबाट उत्पल पौडेल र सम्झना सुनुवारले स्वागत गह्रण मन्तव्य राख्दै धन्यवाद दिएका थिए ।
उक्त अवसरमा प्रमिला दुलाल, आयुश रानाभाट, आशा तामाङ, एन्जिला नेपाली, कविता पौडेल, सुस्मिता तामाङ, रक्षा थापा, अलिशा घर्ती र अविना पहारीले नृत्य एवं विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन कपिल सुवेदी, श्रेया गिरी, शुशिल दाहाल र अविना पहारी गरेका थिए ।

सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो