तनहुँ । तनहुँको डाँडाटोलबाट १ लाख भन्दा धेरैको सुनचाँदीका गहना चोरी गर्ने चोर लाइ विहिबार प्रहरिले गहना सहित पक्राउ गरेको छ । विहिबार बिहान अन्दाजी २ बजेको समयमा आबुखैरेनी गाउँपालिका वडा नं. ३ डाँडाटोलमा रहेको सुनचादी पसल बाट छोरि गर्ने लाइ तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
चितवनको राप्ती नगरपालिका वडा नं. १३ कालीखोला बस्ने बर्ष २२ को सुशिल प्रजा लाइ प्रहरी पक्राउ गरेको हो । बलराम खनाल सुनारले संचालन गरेको सुनचाँदी पसलको ढोका फुटाली पसल भित्र राखिएको १ लाख ४ हजार ४९५ रुपैयाँ बराबरको नगद रुपैया, सुन तथा चाँदीका गहनाहरु चोरी भएको थियो । चोरी भएको भन्ने जानकारी प्राप्त भए पछी प्रहरी टोली तत्काल परिचालन भई चोरी कार्यमा संलग्न ब्यक्तिको खोजतलास गर्दा सुशिल प्रजालाई आबुखैरेनी गाउपालिका वडा नं. ४ पावरहाउस नजिक झोलामा चोरीको सामान राखेर भाग्दै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रजाको साथ बाट चोरीको नगद ५ हजार १५५ रुपैयाँ, सेतो चाँदीको सिक्री ३ थान, चाँदीको पाउजु ७ थान, पहेलो धातुको औठी ११ थान, चाँदीको औठी ६ थान, मुगा सहितका पथ्थरहरु ३४ थान, औठी बनाउन प्रयोग हुने औजार १ बट्टा समेत फेला पारिएको प्रहरीले जनाएको छ । चोरि गर्ने सुशिल प्रजालाई विहिबार नै जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले जानकारी दिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने