तनहुँ । डुम्रेबाट ९५ थान अबैध लागु औषध सहित ४ जना लाइ जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गएको छ । गत मंगलबार रातको समयमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ बेशिसहर चोक डुम्रेमा शंकित रुपमा भेटिएका भानु नगरपालिका वड नं. १ बस्ने बर्ष १८ का आशिष भुजेल र बन्दिपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १८ का अक्रम मियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु लाइ नियन्त्रणमा लिई आशिष भुजेलको साथबाट डाइजेपाम लेखेको २ मिलिको शिसा थान ३२ थान, नोफिन लेखेको २ मिलीको शिसा थान ३३ थान र फेनेरेगन लेखेको २ मिलिको शिसा थान ३० थान गरी ९५ थान फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै उक्त लागु औषध खरिद गर्न आएका बन्दिपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २५ का सागर खड्का बन्दिपुर र गाउँपालिका वडा नं.वडा नं. १ बस्ने बर्ष ३० को समिर बानिया लाई समेत सोही स्थानमा फेला पारी चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त लागु औषध सहित मोबाईल सेटहरु समेत बरामद गरेर उनिहरुलाई बुधबार लागु औषध मुद्दामा जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले जानकारी दिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने