किरण श्रेष्ठ, तनहुँ । तनहुँकी चेली प्रगती पुन मगर लाइ बुधबार गृहजिल्ला तनहुँमा भव्य स्वागत तथा सम्मान गरिएको छ । अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको फाइनल प्रवेश गरेपछी पुन पहिलो पटक बुधबार तनहुँ आएकी हुन् । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको गत शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनि बुगी उगीको फाइनलिस्ट बन्न सफल भएकी हुन् ।

प्रगति बुगी उगीको प्रतिनिधीसहित गृहजिल्ला आएकी हुन् । शुक्लागण्डकी– २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति पुनले हजारौँ प्रतिष्पर्धीलाई पछाडी पार्दै ग्रान्ड फिनाले सम्मको यात्रा तय गर्न सफल भएकी हुन् । भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलको आयोजना तथा जागौ युवा नेपाल, नेपाल मगार संघ लगाएत तनहुँका विभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा प्रगती पुन मगर लाइ दमौलीमा स्वागत तथा समान गरिको हो । बुधबार साँझ ५ बजे दमौली स्थित मेनचोकमा भएको कार्यक्रममा उनले सेल्फी र पशुपति बोलको गीतमा आफ्नो धमाकेदार नृत्य प्रस्तुत गरेकी थिइन । साथै कार्यक्रममा प्रगतिले जिल्लावासीसँग आफुलाई विजेता बनाउन भोट अपलि गरेकी थिइन ।

कार्यक्रममा प्रगती आवद्ध रहेको पोखराको चर्चित ड्रान्स ग्रुप क्रिस्टल क्लज डान्स क्रियुको समेत धमाकेदार प्रस्तुती रहको थियो । कार्यक्रममा उनले आफु लाइ आफनै ठाउमा यति धेरै सम्मान र माया पाउदा एकदमै खुसि लागेको बताइन । ‘मेरो जित नै तपिया जिल्लाबासिको जित हो त्यसैले माइ जिताउन भोट गरेर सहयोग गर्नुहोस’ पुनले कार्यक्रममा भनिन । फाइनलको लागि सबैले भोट गर्दिनुहोला भन्दै प्रगतिले सबैलाइ आभार व्यक्त गरिन ।

स्वागत तथा सम्मान कार्यक्रम भव्य भएको भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुलका संचालक तथा कोरियोग्राफर सर्जन थापा मगरले बताए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, सिद्धान्त थापा मगार लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा भिक्टोरिया ड्रान्स एण्ड एक्टिङ स्कुल, तनहुँ नाच घर र सृजना आले लगाएतले नृत्य प्रस्तुत गरेका थिए ।

प्रगतीले स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगी उगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज डान्स क्रियुमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् । प्रगती पुन मगरलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गर्इ ०४ टाइप गरी ३५२२५ मा एसएमएस पठार्इ भोटिङ गर्न सकिन्छ । भोटिङ साउन १० गते बिहीबार देखी एक सातासम्म गर्न सकिनेछ ।
प्रतियोगिताको निर्णायकका रुपमा कोरियोग्राफर कविराज गहतराज, नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की रहेका छन् । यस्तै प्रगतीसँगै कविता नेपाली र सरोज मोक्तान बुगी उगीको फाइनलिस्टमा छनौट भएका छन् । प्रगति लाइ अन्तराष्ट्रिय फेन्चाइज डान्स रियलिटी सो बुगी उगीको विजेता बनाइ उपाधि तनहुँ भित्र्याउन जिल्ला बासि विभिन्न तरिकाले लागिपरेका छन् ।

त्यसैगरी, ग्रान्ड फिनाले प्रवेशपछि गृहजिल्ला आएकी प्रगतिलाई दुलेगौडामा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङको प्रमुख आतिथ्यतामा भव्य स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद आशा कोइराला, शुक्लागण्डकीका विभिन्न वडाध्यक्षहरु, व्यवसायी, पत्रकार, शुभेच्छुक र परिवारको उपस्थिति रहेका थिए । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले विपिचोकमा आयोजना गरेको कार्यक्रममा स्वागतसँगै भोटको लागि अपलि गरिएको टाउनका अध्यक्ष प्रदिप थापाले बताए । फोटो : मदन तिमल्सेना
यो पनि पढ्नुहोस :
बुगी उगीकी फाइनलिस्ट तनहुँकी चेली प्रगती पुन मगर गृहजिल्ला तनहुँको दमौली आउदै
तनहुँकी चेली प्रगती पुन मगर बुगी उगीको फाइनलमा छनौट
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने