तनहुँ । तनहुँको नेपालडाँडामा फलामे रड देखाइ बसमा सवार यात्रुको पैसा लुट्ने २ जना लुटेर लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भारत घर भएर लमजुङ बेशिसहरमा ठेक्का पट्टा सम्बन्धि काम गर्दै आएका आबिद आलम मंगलबार बिहान बेसिशहर देखी विरगंज तर्फ जाने क्रममा ना ७ ख ६५७५ नं. को बसमा सवार भएर आउदै गरेको अबस्थामा तनहुँको भानु नगरपालिका वडा नं. १ नेपालडाँडामा बाटो छेकेर बसेका दुई जनाले आलमको पैसा लुटेको हो ।
बस जबरजस्ती रोक्न लगाई बसमा सवार रहेका यात्रीहरुलाई फलामे रड समेतको हतियार देखाई धम्काई आबिद आलमलाई बसको सिटबाट घुच्चाउदै रडले प्रहार गरेर आबिद आलमले साथमा लिएको नगद १ लाख ६६ हजार ४६० रुपैया रहेको झोला जबरजस्ती खोसी लुटी जंगल तर्फ भागेका भागेका थिए । पक्राउ पर्ने लुटेराहरुमा लमजुङ बेसिशहर नगरपालिका वडा नं. १ उदीपुर बस्ने बर्ष २१ को रितेस गुरुङ र लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २१ को सुमन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त घटनाको सूचना प्राप्त भए लगतै प्रहरी परिचालन गरी लुटेराहरुको खोजतलास गर्दा लुटेराहरु भाग्ने क्रममा रोयले जंगलमा झोला सहित छाडेको अबस्थामा ६ हजार फेला पारिएको प्रहरीले जनाएको छ । जघांर स्थितको मर्स्याङ्दी नदी तरी लमजुङ तर्फ भाग्न लागेका अबस्थामा रितेश गुरुङ र सुवास गुरुङलाई फेला पारेर उनिहरुलाई नियन्त्रणमा लिई शरिर तलासी लिदा १ लाख १६ हजार ४६० सहित पिडितको भारत सरकारले दिएको आधारकार्ड फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, लुटपिटमा संलग्न रही फरार रहेका अर्का १ जना ब्यक्तिको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउमा परेका ब्यक्तिहरुलाई मंगलबार नै जिल्ला अदालत तनहुँमा उपस्थित गराई रहजनी चोरी मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते