तनहुँ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ बरादी स्थित पृथ्वीराजमार्ग सडक खण्डमा गत असार १२ गते भएको दुर्घटनामा परि घाइते भएका ५ जनाको मृत्यु भएको छ । लापारबाहि गरी सवारी चलाई दुर्घटना गराउने चालक पुर्पक्षको लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँ डीएसपी सुनिल मल्लले जानकारी दिए ।
उक्त दुर्घटना गराउने आँबुखैरेनी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २८ को सुक बहादुर गुरुङले आँबुखैरेनीबाट डुम्रे तर्फ चलाई ल्याउँदै गरेको ग १ ख ३०७३ नं को बसले पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको बा १७ च १८१४ नं.को भ्यान र भ्यानको पछाडी रहेको ग ५ प १९४४ नं. को मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा भ्यान चालक सहित सवार ब्यक्तिहरु तथा मोटरसाईकलमा सवार ब्यक्तीहरु घाईते भएका थिए ।
घाइते भ्यान चालक सहित ३ जना र मोटरसाईकलमा सवार २ जना गरी ५ जना ब्यक्तिहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सुक बहादुर गुरुङले तिब्र गतिमा लापार्बाही तबरबाट सवारी चलाएको कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । उनलाई सवारी ज्यान मुद्धामा अनुसन्धान पुरा गरी सोमबार जिल्ला अदालत तनहुँमा पेश गर्दा उनलाई पुर्पक्षको लागि कारागार कार्यालय तनहुँमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो