तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ कान्तिपुरको संयुक्त आयोजनामा आइतबार ५ थान कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर ९ तारुका स्थित बसाहास्थान माध्यमिक विद्यालयमा ५ थान कम्प्युटर तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको रोट्रयाक्ट क्लब अफ दमौलीले जनाएको छ ।

त्यस्तै कम्प्युटर सहित कापी, कलम लगाएतका शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको क्लबले जनाएको छ । उक्त बिद्यालयमा कक्षा १ देखि १० सम्म जम्मा १४६ जना विद्यार्थी रहेका छन् । उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी निवर्तमान अध्यक्ष सृष्टि त्रिपाठीले संयुक्त अध्यक्षता गरेका थिए । रोट्रयाक्ट क्लब अफ दमौलीले आफ्नो टुइन क्लब रोट्रयाक्ट क्लब अफ कान्तिपुर संग सहकार्य गरि उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रोट्रयाक्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङ, विद्यालयका प्रधानाध्यापक कृष्णभक्त तिवारी, क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी निवर्तमान अध्यक्ष सृष्टि त्रिपाठी लगाएतकाले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङ र विद्यालयका प्रधानाध्यापक कृष्णभक्त तिवारीले कम्प्युटर पाए पछी विद्यार्थी लाइ थप सहयोग पुग्ने बताए ।
सम्बन्धित खबर
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
तनहुँमा ‘एक वडा, एक पर्यटकीय गाउँ’ बनाइँदै
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
तनहुँमा ५ दिनदेखि बेपत्ता गोरखाका युवक मृत फेला
स्ववियु निर्वाचनः तनहुँमा अनेरास्ववियु २ क्याम्पसमा, नेविसंघ र क्रान्तिकारी १/१मा विजयी
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर