पोखरा। पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ ।
आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०-१० हजार जरिवाना गरेको हो ।
वडा प्रहरी कार्यालय बगरले ती ट्रकलाई समातेर महानगरपालिकालाई बुझाएको हो । महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार ग १ ख ७८०२, ग १ ख ६४८४, ग १ ख ७१५७ र ग १ ख ४०९९ नम्बरका मिनी ट्रक कारबाहीमा परेका हुन् ।
गत आर्थिक वर्षको टेन्डरको समय सकिएको र यो वर्षलाई टेन्डर नभएको अवस्था अवैध रुपमा बालुवा निकासी हुने गरेकाले प्रहरीले सक्रिया बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षको लागि विभिन्न घाटको टेन्डर आह्वान गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम