तनहुँ । तनहुँको घाँसीकुवाबाट जिल्ला प्रहरी कार्यालय तनहुँले ठुलो परिमाणको नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले ब्यास नगरपालिका वडा नम्बर १२ घाँसिकुवाको रिसिङ भिमाद होटल एण्ड लजबाट जुवाडेहरुलाई पक्राउ गरेको हो । विहीबार रातीदेखि लगातार रुपमा ठुलो परिमाणको नगद सहितको धनमाल बाजी राखेर हार जित हुने गरी जुवा तास खेल हुदै गरेको भन्ने गोप्य सुचना प्राप्त भए पछी उक्त लजबाट शुक्रबार बिहान उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले जानकारी दिए ।
यसरि पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गा.पा. ७ स्थायी घर भई हाल ब्यास न.पा. १२ घाँसिकुवामा रिसिङ भिमाद होटल एण्ड लज संचालन गरी बस्ने बर्ष ३५ का जुवा खेलाउने सुनिल श्रेष्ठ, ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३९ का जुवा खेल्ने प्रेम बहादुर अधिकारी, ब्यास नगरपालिका वडा नं. १२ बस्ने बर्ष ३६ का जुवा खेल्ने प्रज्वल मल्ल, ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३६ का जुवा खेल्ने देब नारायण श्रेष्ठ र ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३२ का गोबिन राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ प्रहरीले शुक्रबार बिहान साढे ८ बजेको उक्त होटलमा घेरा हाली होटल खानतलासी लिदां होटलको कोठा भित्र जुवा तास खेल खेली खालमा भिस्टिङ उठाउने डब्बामा राखेको अबस्थामा उक्त नगद बरामद गरेको हो । जुवा खालबाट नगद १ लाख ४२ हजार रुपैया सहित जुवा खालबाट तास १५६ पत्ती पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साथै जुवा खालमा रहेका होटल संचालक सहित ५ जना ब्यक्तिहरुलाई फेला पारी उक्त नगद सहितको धनमाल बरामद गरेर उनि ब्यक्तिहरुलाई पक्राउ गरी जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो