गोरखामा मामाघर आएकी सरु आठ महिने छोरोसँगै पुरिइन्, तीन जनाको मृत्यु, दुई घाइते

गोरखामा मामाघर आएकी सरु आठ महिने छोरोसँगै पुरिइन्, तीन जनाको मृत्यु, दुई घाइते

pahiro

symbolic photo

गोरखा । शहीद लखन थापा गाउँपालिका–६ अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय नवराज कुँवरको घर भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय कृष्ण कुँवरले जानकारी दिए ।

पहिरोले बिहान साढे ६ बजेतिर घर भत्किएको हो। घटनामा अन्य दुई जना घाइते भएको उनले बताए । सो गाउँमा अन्य सात घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले प्रहरीको टोली घटनास्थल पुग्न नसकेको जानकारी दिए । घर भत्किँदा नवराज बाहिर रहेको स्थानीय खोलामा आएको बाढीले उतै रोकिएको स्थानीयले बताएका छन् ।

त्यस्तै घार्चे गाउँपालिका वडा नम्बर ७ खानीबेसीमा पहिरोका कारण छ घर जोखीममा परेको ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्ष सुरज कार्कीले जानकारी दिए । ‘यहाँ पहिरोले सात घर जोेखीममा परेको छ’ उनले भने ‘पहिरोका कारण भौतीक क्षती भएपनि अन्य कुनै क्षती भएको छैन् ।’

पहिरोका कारण स्थानीय सुनामी गुरुङ, सुन्दर गुरुङ, करीस्मा गुरुङ, सर्पसिंङ गुरुङ, दिप बहादुर गुरुङ, कमानसिंन गुरुङको घर जोखीममा परेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds