सुन्दरकुमार थकाली
रुसमा संम्पन्न विश्वकपको फुटबल फाईनल खेल हेर्न यहाँका मुस्ताङवासी बन्चित भएका छन् ।आईतवार बेलुकी साँझ ८ बजे भएको बिद्युत आतङ्कका कारण मुस्ताङका फुटबलप्रेमी पारखीहरुले पहिलो हाफको पुरै खेल र त्यस अघि भएको कार्यक्रम हेर्न चुके ।बिना कुनै जानकारी र कुनै सूचना बिना एकाएक बिद्युत आपूर्ति रोकिएपछि मुस्ताङका सयौ खेलप्रेमी दर्शकहरु आक्रोशित भएका हुन् ।
आरामदायी तवरबाट खेलको आनन्द लिने र आपसमा रमाई गर्ने फुटबल प्रेमीको चाहनामा जोमसोमको निलगिरी उपभोक्ता सहकारी संस्थाले कुठाराघात गरेको यहाँका खेलप्रेमी सरोकारवालाहरुको भनाई छ ।हरेक ४ वर्षको एकपटक आउने विश्वकै चर्चित प्रतियोगितालाई विश्वले नै नियालिरहेको बेला यहाँका खेलप्रेमीको भावनालाई बिद्युत सहकारीले संम्वोधन गर्न नसकेको ठम्याई छ । विश्वकप खेल पुर्व बिद्युत आपूर्ति नियमित गर्न संस्थाले कुनै पुर्व तैयारी नगरेको र बिद्युत नियमित गर्न प्राविधिक समेतलाई तम्तयार अवस्थामा नराखेकाले विश्वकपको पहिलो हाफको खेल गुमाउनु परेको उनीहरुको दुखेसो छ ।

यसअघि पनि युरोकपको फाईनल खेलमा समेत पुरै बिद्युत आपुर्ति रोकिदा मुस्ताङका फुटबल पारखीले युरोकप हेर्न बन्चित भएका थिए ।केही महिना अघि मुस्ताङमा लामो समयसम्म बिद्युत आपुर्ति भैईरहदा यहाँका जननिर्वाचित प्रतिनिधिले नेपाल बिद्युत प्राधिकरणमा वार्ता र पहल गरेको भएपनि मुस्ता®ी जनताको माग र चाहना संम्वोधन हुन सकेको देखिन्न ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भुपिन शेरचनले विश्वकपका बेला बिद्युत आपुर्ति रोकिनु फुटबल खेलप्रेमीका लागि दुभाग्य भएको प्रतिक्रिया दिए ।उनले महत्वपुर्ण समयका बेला सरोकारवालाले चाँसो दिन नसक्दा मुस्ताङका खेलप्रमी दर्शक निराश भएको बताए ।उनले यस्ता गल्तीलाई सहकारीले दोहो¥याउन नहुने उल्लेख गरे ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला