इतिहास रचे बुबाहरुले, मैदान उत्रे छोराछोरीहरु

इतिहास रचे बुबाहरुले, मैदान उत्रे छोराछोरीहरु

Sweet-child-o-mine

क्रोएसियाले इंग्ल्याण्डलाई निराश पार्दै रुसमा जारी विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका लागि अतिरिक्त समयमा मारियो मान्जुकीले गरेको गोल निर्णायक बन्यो ।

सुरुमा नै गोल खाएर पछि परेको क्रोएसिया दोस्रो हाफमा खेलमा फर्कियो । ६८ औँ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

मान्जुकीको गोलले उसलाई पहिलो पटक उपाधि होडमा पुर्‍याएको छ । मस्कोमा रहेको जुज्हनिक रंगशालामा बुधबार राति भएको खेलमा जित निकालेपछि युरोपको सानो देश क्रोएसियाका खेलाडी, खेल पदाधिकारी तथा समर्थकले उत्सव मनाए ।

उनीहरुको अनुहारमा फुलेको मुस्कान सबैलाई तान्ने खालको थियो नै तर त्यो भन्दा लोभलाग्दो बन्यो जित लगत्तै मैदान छिरेका बच्चाहरु ।

क्रोएसियाली टिमका खेलाडीका छोराछोरी मैदानमा छिरे, उनीहरुका बुवाहरु खुशीयाली मनाउँदै थिए, भर्खरै बुवाहरुले खेलेको बल उनीहरुले खेल्न थाले । गोलरक्षक जानिजेल सुबासिक र डिफेन्डर डोमागोज भिडाले आफ्ना छोराछोरीसँग खेलेर खुशीयाली मनाए ।

-देशसञ्चारबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ