भक्तपुर –अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा परेको छ । अरनिको राजमार्गस्थित राधेराधे र भाटभटेनी सुपरमार्केट क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका – ७ मझुवा टोलमा घरमाथिको ढिस्को खसेर थिच्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया दानमाया लामा र नातिनी अढाइ वर्षकी सम्पदा लामा रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

बाढीले भक्तपुर नगरपालिकाका ३ र मध्युपर थिमी तथा सूर्यविनायक नगरपालिकाका ३ गरी ६ वटा वडाका खोला आसपासका बस्तीहरू डुबानमा परेका छन् ।
त्यस क्षेत्रमा फसेका करीब १ सय जनालाई उद्धार गरिएको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
उद्धार गरिएका मध्ये ३ जना सामान्य घाइते भएकाले उनीहरूलाई भक्तपुर अस्पताल लगिएको छ । अन्यलाई स्थानीय स्कूलसहित खुल्ला स्थानमा राखिएको डीएसपी पोखरेलले बताए । सो क्षेत्रका ४ वटा विद्यालय बन्द छन् ।
बाढीले केही चौपाया समेत बगाएको छ । खोला किनारमा रहेको एउटा फार्मबाट २४ वटा बंगुरका पाठा बगाएको डीएसपी पोखरेलले जानकारी दिए ।
यसैगरी बाढीले चारडोबाटोबाट बालकोट जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । बुधबार साँझदेखि निरन्तर भइरहेको वर्षा बिहान केही समयअघिबाट रोकिएकाले बाढी कम हुने अपेक्षा गरिएको छ ।
वर्षाका कारण बागमती र हनुमन्ते खोलामा बाढी आउँदा डुबानमा परेका भक्तपुर । काठमाडौं, ललितपुर र भक्तपुर बाढीका कारण प्रभावित भएको छ । घर–घरमा पानी पसेको छ ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन