क्रोएसिया पहिलोपटक फाइनलमा, इंग्ल्याण्ड २-१ ले पराजित

क्रोएसिया पहिलोपटक फाइनलमा, इंग्ल्याण्ड २-१ ले पराजित

7jIr5rXQba2WT2ze_768x432

एजेन्सी २७ असार । क्रोएसिया विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधवार राती सम्पन्न सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै क्रोएसियाले उपाधि यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा रोकिएपनि थपिएको समयमा एक गोल थप्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गर्‍यो । खेलको सरुवाती पाचौं मिनेटमै ट्रिपियरले अग्रता दिलाएको इंग्ल्याण्ड ६८ औं मिनेटमा बराबरीमा रोकियो ।

क्रोएशियाका खेलाडी इभान पेरिसिकले इंग्ल्याण्ड बिरुद्ध बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा दुबै तर्फबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय (१०९ औं मिनेट ) मा मारियो माज्डुकिकले निर्णायक गोल गर्दै क्रोएसियालाई पहिलो पटक फाइनलमा पुर्‍याए ।

आज पराजित इंग्ल्याण्ड तेस्रो स्थानका लागि हिजो फ्रान्ससँग पराजित वेल्जियमसँग भिड्नेछ । तेस्रो स्थानका लागि शनिवार राती खेल हुनेछ । उपाधि भिडन्तमा १२ बर्षपछि पुन ः फाइनल पुगेको फ्रान्स अब्बल सावित हुन्छ वा क्रोएसिया आइतवार राती टुंगो लाग्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ