किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौली बजार नजिकै व्यास नगरपालिका वडा नम्बर १ र व्यास नगरपालिका वडा नम्बर २ अमरापुरीको बीच भागमा पर्ने बुल्दी खोला माथि पक्की पुल नहुँदा हजारौ सर्वसाधारण र विद्यार्थीहरुले निकै सास्ती बेर्होनु परेको छ । वर्षाको समयमा खोला एक्कासि बढ्ने र खोला तर्न निकै सास्ती पर्ने गरेको छ । कम लम्बाई भएपनि खोला बढेपछी बुल्दी खोला तर्न वर्षाको समयमा सर्वसाधारण र विद्यार्थीहरुले निकै सास्ती बेर्होनु परेको छ ।

दैनिक रुपमा दमौली बजार आउजाउ गर्ने सर्वसाधारण र विभिन्न कलेज तथा विद्यालयमा पढ्ने विद्यार्थीहरु लाइ सो बाटो भइ हिड्नुपर्दा समस्या पर्ने गरेको छ । उक्त स्थानमा पक्की तथा दीर्घकालीन पुल नहुँदा स-साना विद्यार्थी देखि ठुला सम्मकाले निकै समस्या बेहोर्नु परेको हो । विशेषगरी आदिकवि भानुभक्त क्याम्पस, सत्यवती मावि र निर्मल मावि लगाएतका विद्यार्थी र विद्यालय तहमा पढ्ने विद्यार्थीहरुले सास्ती बेर्होदै आएको छ ।

सोहि समस्या लाइ मध्यनजर गर्दै बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसले व्यास नगरपालिका लाई ज्ञापनपत्र बुझाएको छ । अधिकांश विद्यार्थी र नजिकका समुदायको नागरिकलाई परेको समस्या लाई मध्यनजर गरि सहज वातावरण एवं दीर्घकालिन व्यवस्थापनका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पस तनहुँले जोडदार माग गर्दै नेबिसंघ तनहुँको अग्रसरता र स्ववियुको तत्परतामा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लाई ज्ञापनपत्र बुझाइएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसकी सभापति दुर्गा भण्डारीले बताइन ।

वर्षाको समयमा बुल्दी खोला तर्न ज्यानको जोखिम रहेको र कयौ सर्वसाधारण र विद्यार्थीहरुले आफ्नो ज्यानको बाजी लगाएर तर्नु पर्ने अत्यन्त लज्जा र अवस्था रहेको ज्ञापनपत्र मार्फत व्यास नगरपालिकाका मेयर जानकारी गराइएको छ । व्यास नगरपालिकाको मुटु तथा दमौली बजार नजिक रहेको यस किसिमको समस्या निराकरणको लागि नगरपालिकाले तत्काल र दीर्घकालीन व्यवस्थापनाका विकल्प निकाली सहज र सल्रल ढंगबाट गर्ने व्यवस्था मिलाउनका निमित्त पहल गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसको जोडदार माग रहेको ज्ञापनपत्र मार्फत बताइएको छ ।

उक्त बुल्दी खोलाको समस्या समाधान गर्नका लागि ब्यास नगरपालिका वडा नम्बर १ बाट १० लाख रुपैया र ब्यास नगरपालिकाबाट ५ लाख रुपैया गरि पन्ध्र लाख रुपैया बजेट छुट्टाइएको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने जानकारी दिए । त्यस्तै उक्त बुल्दी खोलाको समस्या लाई गम्भिर रुपमा लिएको र छिटो भन्दा छिटो समस्या समाधान हुने समेत नगरप्रमुख न्यौपानेले बताए ।
व्यास १ बाट दमौली बजार तथा विभिन्न बिद्यालयमा अध्ययन गर्न आउजाउ गर्न दुरिको हिसाबले नजिक,कम समय र छिटो पुग्ने हुँदा अधिकांश सर्वसाधारण बुल्दी खोलाको बाटोबाट हिड्ने गरेको छन । अन्य समयमा खोला सामान्य देखिए पनि वर्षाको समयमा खोला बढ्ने र खोला तर्न नसकिने हुदा समस्या पर्ने गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसकी सचिव बसन्ती मगरले बताइन । तत्काल सहज उपाय गरि सरल तरिकाले आवातजावत गर्ने वातावरण बनाउनुपर्ने र दीर्घकालीन रुपमा पक्की पुल बनाउन पर्ने उनले बताइन ।
बुल्दी खोला तर्न विद्यार्थीलाइ सास्ती (हेर्नुहोस् पुरा भिडियो)
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो