[म्याच प्रिभ्यु]: इंग्ल्यान्ड र क्राेएशिया: कसले खेल्ला फाइनलमा फ्रान्ससँग ?

[म्याच प्रिभ्यु]: इंग्ल्यान्ड र क्राेएशिया: कसले खेल्ला फाइनलमा फ्रान्ससँग ?

england_vs_croatia

काठमाडाैं- रुस विश्वकपकाे पहिलाे सेमिफाइनल खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेकाे छ । अाज हुने खेलले अब अाइतबार हुने फाइनलमा फ्रान्ससँग कसले खेल्ने भन्ने निर्धारण गर्नेछ ।

समूह चरण तथा क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका यी दुवैकाे खेल राेमान्चक हुनेमा कुनै द्विविधा छैन । याे विश्वकपमा अहिलेसम्म ६ गाेल गरेर गाेल्डेन बुटकाे दाबेदारमा सबैभन्दा शीर्ष स्थानमा अाफूलाई उभ्याएका ह्यारी केनले अाजकाे खेलमा पनि राम्राे प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । किनकि यसअघिका खेलमा उनले निकै राम्राे गरेका छन् । त्यसले उनकाे मनाेबल पक्कै बढाएकाे हुनुपर्छ ।

२८ वर्षपछि सेमिफाइनलमा पुगेकाे इंग्ल्यान्डले यसपटककाे विश्वकप ट्रफी उचाल्नेमा अाफू विश्वस्त भएकाे इंग्ल्यान्डका काेच साउथगेटले मंगलबार बेलायती पत्रिकाहरुसँग बताएका छन् । टिमले गरेकाे राम्राे प्रदर्शनका कारण उनकाे अात्मबल निकै बढेकाे छ ।

१९६६ मा विश्वकप जितेकाे इंग्ल्यान्डले यसपटक पनि विश्व च्याम्पियन बन्ने सपना देखिरहेकाे छ तर उसका लागि अाज क्राेएशियासँग हुने खेल सहज छैन, टफ नै देखिन्छ ।

केनसँगै लुका माेडरिच र इवान रेकिटिचजस्ता अनुभवी खेलाडीका कारण बढेकाे इंग्ल्यान्डकाे अात्मविश्वासमा क्राेएशियाकाे बलियाे डिफेन्स बाधक पनि हुनसक्छ ।

सन् १९९८ मा पहिलाेपटक सेमिफाइनलमा पुगेकाे क्राेएशियाले यसपटक त्याे अनुभव र नयाँ व्यवस्थापनलाई सही तरिकाले प्रयाेग गर्ने अनुमान धेरैकाे छ ।

क्राेएशियाका सबै खेलाडी अत्यन्त राम्राे भएकाले इंग्ल्यान्डले खेल रणनीतिमा केही परिवर्तन ल्याउन सक्ने विश्लेषकहरुले बताएका छन् । तर, क्राेएशियाविरुद्ध जित निकाल्न इंग्ल्यान्डलाई त्यति समस्या नहुने तर्कहरु पनि छन् ।

यी तर्ककाे अाधार भनेकाे यी दुई देशबीच यसअघि भएका खेलका विश्लेषण हुन् ।

यी दुई देश यसअघि महत्वपूर्ण खेलमा एकपटकमात्र भेट भएका छन् । युराे कप २००४ मा भएकाे यी दुईकाे खेलमा इंग्ल्यान्डले ४-२ ले क्राेएशियालाई हराएकाे थियाे । यसबाहेक यी दुई टिमबीच भएका ७ खेलमा इंग्ल्यान्डले ४ खेलमा, क्राेएशियाले २ खेलमा जित निकालेका थिए । एउटा खेल बराबरीमा टुङ्गिएकाे थियाे ।

इंग्ल्यान्डको याे विश्वकप यात्रा

याे इंग्ल्यान्डका लागि तेस्राे विश्वकप सेमिफाइनल खेल हाे । याे विश्वकपमा यहाँसम्मकाे यात्रा इंग्ल्यान्डका लागि निकै राेमान्चक रह्याे । उसले १८ जुनमा ट्युनिसियाविरुद्ध सुरु गरेकाे पहिलाे खेलमा २-१ काे जित निकाल्याे । समूह चरणकाे दाेस्राे खेलमाउसले पानामालाई ६-१ काे फराकिलाे अन्तरले पराजित गर्याे । याे खेलमा ह्यारी केनले ह्याट्रिक गरे । याे विश्वकपकाे याे दाेस्राे ह्याट्रिक थियाे ।

समूह चरणकाे अन्तिम खेलमा उसलाई जित्नुभन्दा पराजित हुनु फाइदाजनक थियाे । नभन्दै समूहकाे शीर्षस्थानमा बेल्जियमलाई छाेड्दै इंग्ल्यान्ड नकअाउटमा प्रवेश गर्याे ।

इंग्ल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बियासँग १–१ को बराबरी खेल्यो । निर्धारित समय र अतिरिक्त समयमा पनि १-१ काे बराबरीमा खेल रहेपछि पेनाल्टी सुटअाउटमा उसले काेलम्बियालाई ४-३ ले पराजित गर्याे ।

याे यात्रामा एक खेलमा मात्र पराजित भएकाे इंग्ल्यान्डले सेमिफाइनलमा प्रवेश गर्न स्वीडेनलाई २-० ले पराजित गर्याे ।

सेमिफाइनलसम्म क्राेएशियाकाे यात्रा

१७ जुनमा नाइजेरियालाई २-० ले हराएर विश्वकप २०१८ काे सुखद सुरुवात गरेकाे क्राेएशियाले समूह चरणकाे दाेस्राे खेलमा अर्जेन्टिनलाई ३-० ले पराजित गर्दै विश्वका फुटबल प्रेमीकाे ध्यान तान्याे । समूह चरणको अन्तिम खेलमा पनि क्रोएशियाले आइसल्यान्डलाई २–१ ले पराजित गर्याे । समूह चरणका तीनै खेल जितेकाले क्राेएशियाले सबैकाे ध्यान तान्याे ।

अन्तिम १६ काे खेलमा डेनमार्कलाई पेनाल्टी सुटअाउटमा क्राेएशियाले हरायाे । अत्यन्त राेमान्चक रहेकाे क्वार्टरफाइनलमा अायाेजक रुसलाई पेनाल्टी सुटअाउटमा स्तब्ध पार्दै क्राेएशिया सेमिफाइनलमा अाएकाे हाे ।

फरकधार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ