राेनाल्डाे अब युभेन्टसमा, मूल्य एक खर्ब ४४ अर्ब

राेनाल्डाे अब युभेन्टसमा, मूल्य एक खर्ब ४४ अर्ब

Ronaldo_q5B5Z6V869

एजेन्सी- अहिले विश्व फुटबलकाे महाकुम्भ विश्वकपमा झुमिरहेकाे छ । अागामी अाइतबार अबकाे विश्व च्याम्पियनकाे फैसला हुँदैछ । विश्वकप फुटबलमा विश्वले ध्यान दिइरहँदा अर्काेतिर फुटबल क्षेत्रकाे अर्काे ठूलाे समाचार बाहिर अाएकाे छ ।

समाचार हाे- पाेर्चुगिज स्टार क्रिस्टियानाे राेनाल्डाे इटाली जाने । किनकि उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टसले खरिद गरेकाे छ । युभेन्टसले राेनाल्डाेलाई स्पेनबाट इटाली ट्रान्सफर गर्न करिब डेढ खर्ब रुपैयाँ खर्चिएकाे छ । दुई क्लबबीच भएकाे सम्झाैतासँगै ३३ वर्षे राेनाल्डाे अब युभेन्टसबाट खेल्नेछन् ।

याे ट्रान्सफरसँगै राेनाल्डाेले भनेका छन्- मेराे जीवनकाे नयाँ चरणकाे सुरुवातकाे समय अाएकाे छ, त्यसैले मैले क्लबसँग मेराे ट्रान्सफर स्वीकार गर्न भनेकाे थिएँ । याे फुटबल दुनियाँमा भएकाे चार मह‌ंगा ट्रान्सफर मध्ये एक हाे । यसअघि बार्सिलाेनाबाट पिएसजी लैजाँदा ब्राजिलका नेयमारलाई क्लबले यसकाे दाेब्बर रकम तिरेकाे थियाे ।

फ्रान्सकाे खेलमा अहिले निकै चम्किएका खेलाडी एमबाप्पेलाई पनि झन्डै २ खर्ब तिरेर पिएसजीले माेनाकाेबाट खरिद गरेकाे थियाे । राेनाल्डाेकाे याे ट्रान्सफरपछि अब फुटबल पारखीहरुले त्याे खेलकाे प्रतिक्षा गरिरहेका छन् जहाँ राेनाल्डाेकाे पुरानाे टिम रियल म्याड्रिड र युभेन्टसबीच खेल हुँदैछ । यी दुई टिमबीच अमेरिकामा ४ अगस्टमा खेल हुँदैछ ।

रियल म्याड्रिडका र अाफ्ना समर्थकलाई राेनाल्डाेले एउटा चिठी लेखेका छन् । राेनाल्डाेले रियल म्याड्रिडका केही वर्ष जीवनका सबैभन्दा खुसीका वर्ष भएकाे बताएका छन् ।

उनले लेखेका छन्- रियल म्याड्रिडले मेराे र परिवारकाे मन जितेकाे छ । यी नाै वर्षमा मैले कयाैँ महान् खेलाडीविरुद्ध खेलेँ, उनीहरु सबैलाई मेराे सम्मान ।

-फरकधार

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ