महेन्द्र जिसी, पर्वत । खानेपानीको चरम समस्या रहेको फलेवास नगरपालिका ३ शंकरपोखरीमा जमिन मुनिको पानी बोरीङ गरि निकाल्ने कार्य संचालन गरिएको छ । स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै फलेवास नगरपालिकाको विशेष पहलमा नेपालमै पहिलो पटक पहाडि भेगमा डि टि एच बोरिङ मेसिनद्धारा जमिन मुनीको पानि निकाल्ने परिक्षण थालिएको हो ।
नगरपालिका ३, बिष्टपानीमा जमिन मुनी रहेको भूमिगत पानी बोरिङ गरेर गत साता बाहिर निकालिएको हो । नेपाल सरकारको पाईलट प्रोजेक्ट अन्र्तगत संचालित डिप बोरिङ प्रविधि अनुरुप परिक्षण अन्र्तगत हाल १ सय मिटर गहिराईसम्म बोरिङ गरिने जनाइएको छ । अहिले निर बोरीङ कन्ट्रक्सनले बोरिङको कार्य सञ्चालन गरेको हो ।
बोरिङको क्रममा ३० मिटर गहिराईबाट नै पानी निक्लिएको निर बोरीङ कन्ट्रक्सनका इन्जिनियर कृष्ण दुलालले जानकारी दिए । फलेवास नगरपालिकाका सबै घरपरिवारलाई पानीको सहज आपूर्तिको लागि एक घर एक धारा कार्यक्रम अन्र्तगत सवै भन्दा धेरै पानीको समस्या रहेको शंकरपोखरीमा बोरिङको कार्यक्रम ल्याईएको फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले बताए ।
उपत्यका तथा तराईमा सञ्चालन गरिने बोरिङ प्रणली, पहाडमा पनि खानेपानीको व्यवस्था गर्न सकिन्छ भन्ने सम्भावनाको अध्ययन गरि गुरुयोजना निमार्ण गर्ने भुगर्भ विद् (जियोलोजिस्ट) को सल्लाहमा शंकरपोखरीको विष्टपानीमा संभावित अध्यन पश्चात् बोरीङको कार्य अघि बढाईएको शर्माले बताए ।
पानीको समस्या रहेको शंकरपोखरीमा डिप बोरीङ प्रविधि मार्फत खानेपानीको व्यवस्था गरिएमा खानेपानीको समस्या समाधान हुने स्थानीयले बताएका छन् । जमिनबाट पानी निक्लिएसगैँ स्थानीयहरु हर्षित बनेका हुन । स्थानीय अगुवा कमल भुसालका अनुसार घण्टौ लाईन बसेर कुवाको पानी खाईरहेका स्थानीले जमीन मुनीबाट सहजै पानी आउला भन्ने अनुमान नगरेकोमा परियोजना सफल भएको बताए ।
परियोजना सफल भएमा शंकर पोखरीका ७ सय कुरीयालाई एक घर एक धारा प्रणानी अन्तर्गत विद्युतीय मोटर मार्फत पानी खुवाईने भुसालले बताए । पानी नहुँदा बालबच्चा, बृद्धा, परपाहुनालाई चिया खुवाउन समेत समस्या हँुदै आएकोमा बोरिङ प्रणालिवाट पानी निकाल्ने भए पछि आफुहरु धेरै खुशी भएको स्थानिय अमृता तिवारीले बताए । तराईमा बोरीङ प्रणालीवाट पानी तानिन्छ भन्ने सुनिएकोमा अब घर दैलोमै पानी तानेर खान पाइयो भन्दै उनले खुशी व्यक्त गरे ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो