सुन्दर कुमार थकाली,मुस्ताङ
मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङकेन्द्रमा प्रभुको शाखा विस्तार भएको छ ।कृषि व्यवसायमा आश्रित थासाङका स्थानीयले घरदैलौमै बैङ्क पुगेपछि हर्षित भएका हुन् ।सदरमुकाम जोमसोमबाट यातायातको ओहार-दोहोरमा शास्ती व्यहोर्दे आएका थासाङका स्थानीयले सोमबारदेखि दैलोमै बैङ्क पाएपछि दङ्ग बनेका हुन्। बैङ्कले जनचाहना अनुसार सेवा प्रवाह गर्नुपर्ने उनीहरुको भनाई थियो ।

नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त क बर्गको प्रभु बैङ्कले हिमालपारी आफ्नो १ सय ५२ औ र मनाङको नासाङमा १ सय ५३ औ शाखा विस्तार गरेको हो ।संघीयता कायान्वय भएपछि बैङ्कले २१ वटा शाखा बिस्तार गरेको हो ।सोमबार प्रभु बैङ्कको थासाङ शाखा सुभारम्भ समारोहमा बैङ्कका क्षेत्रिय कार्यालय पोखराका अधिकृत उत्तमकुमार राज भण्डारीले राष्ट्र बैङ्कले बित्तिय संस्थालाई तोकेको सियरपुजी ८ अरव नाघिसकेको र बैङ्कको ६५ वटा जिल्लामा १० लाख ग्राहक संख्या रहेको जनाए ।उनले बैङ्कमा डिपोजिट पुजी १ खरब र कर्जा लगानी ७५ अरव भएको जानकारी गराए ।भण्डारीका अनुसार गण्डकी प्रदेशमा ३५ र धौलागिरीमा २१ वटा शाखाबाट प्रभुले सेवा प्रवाह गरेको खुलाए ।उनले मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिका र म्याग्दीको रघुगंगा गाउँपालिका र धौलागिरी गाउँपालिकागरी ४ वटा शाखा बिस्तार गर्ने क्रम अन्तिम चरणमा पुगेको बताए।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथमा यसअघिनै शाखा विस्तार भईसकेको उनले बताए ।

थासाङका गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले थासाङ शाखाको एक समारोहकाबीच शाखाको हातामा रिवन काटेर बैङ्कको समुउद्घाटन गरे । शेरचनले सिहदरबारको अधिकार स्थानीयतहमा भन्ने नीती अनुसार बैङ्क संञ्चालन भएको बताए ।उनले व्यक्तिगत लगानी भन्दा समुहगत लगानीलई बैङ्कले प्रोत्साहन गर्ने भएकाले यसतर्फ जोड दिन आग्रह गरे ।त्यस्तै,समाजसेवी अर्जुनसिह तुलाचनले विक्तिय संस्था नाफामुलक नभई सेवामुखी पनि हुनुपर्ने उल्लेख गरे ।
थासाङका २ का वडाअध्यक्ष नरप्रसाद हिराचनले घरदैलोमै बैङ्क आउदा सदरमुकाम पुग्नुपर्ने भन्झटको अन्त्य भएको बताए ।उनले शाखाबाट थासाङका डेढ दर्जन गाउँका स्थानीय लाभान्वित हुने जनाए ।

यसअघि बैङ्कका तर्फबाट क्षेत्रिय कार्यालय पोखराका अधिकृत उत्तमराज भण्डारीले जनआदर्श कृषि प्राविधिक बिद्यालयका प्रधानाध्यापक टिकाराम शर्मालाई एकथान कम्पुटर र प्रिन्टर प्रदान सौजन्य उपहार दिएको थियो ।पछिल्लो समय प्रभुले धौलागिरी अञ्चललाई लक्षित गर्दे प्रभु हबको रुपमा बिकास गर्दे आएको छ ।स्थानीयतहमा संञ्चालन हुने बैङ्कको सेवाप्रवाहमा ग्राहक डिपोजिट,पुर्वाधार बिकासमा लगानी,गाउँपालिकाले तोकेअनुसार कर्मचारीको तलब भक्ता,सामाजिक सुरक्षा भक्ता र कर्जा लगानी आदी रहेको छ ।चालुआर्थिक वर्षमा प्रभुले १ अरब नाफा संङ्कलन गरेको जनाएको छ ।

सम्बन्धित खबर
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
पत्रकार महासंघ मुस्ताङमा सुनदेवी निर्विरोध
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो