पृथ्वीनारायण क्याम्पसका प्राध्यापकद्वय पौड्याल र मुनन्कमीको बिदाई

पृथ्वीनारायण क्याम्पसका प्राध्यापकद्वय पौड्याल र मुनन्कमीको बिदाई

samman

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत व्यवस्थापन संकायका दुई जना प्राध्यापकहरु डा. कर्णवीर पौड्याल र जनपुकार मुनन्कमीको बिदाइ गरिएको छ ।

समारोहमा दुवै प्राध्यापकहरुले पृथ्वीनारायण क्याम्पसको शैक्षिक उन्नयनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै  क्याम्पसले सम्मान गरेको हो । कार्यक्रममा प्राध्यापकद्वयलाई प्रा. डा. बेदनाथ शर्मा, कृष्णराज ढुंगाना, रामबहादुर थापा, व्यवस्थापन अनुसन्धान बिभाग प्रमूख ईन्द्र प्रसाद शर्मा, सहायक क्याम्पस प्रमुख वीरवहादुर कार्की, क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले खादा, ढाकाटोपी र मायाको चिनो प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.चन्द्र बहादुर थापाले पेन्सन नो टेन्सन भनेझै निवृत्त जिवन सुखमय रहने विश्वास ब्यक्त गर्दै बिदाई हुन लागेका ब्यक्तिहरुले क्याम्पसको शैक्षिक स्तरलाई माथी उकास्न खेलेको भुमिकाको प्रशंसा गरे ।

व्यवस्थापन अनुसन्धान बिभाग प्रमुख ईन्द्र प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा बिश्वबिद्यालयका पुर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले आगामी दिनमा बिदाई कार्यक्रमलाई अनौपचारीक बनाउन सुझाव दिँदै निवृत्त जिवनलाई थप क्रियाशिल बनाउन आग्रह गरे । सहायक क्याम्पस प्रमुखद्धय वीरबहादुर कार्की र बसन्त पराजुलीले सफल र सुखी निवृत्त जिवनको शुभकामना दिए ।

दुई प्राध्यापकका जीवनीबारे पुर्व सहायक क्याम्पस प्रमुख देबीलाल शर्मा र उपप्राध्यापक बिष्णुप्रसाद अधिकारीले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन प्राध्यापक धनेश्वर रखालले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ