तनहुँ । तनहुँको सदरमुकाम दमौली बजार बाट केहि दुरीमा रहेको चाइनापुल नजिक साबेल प्रहार गरि लुटपाट गर्ने २ जना व्यक्ति लाइ बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
बुधबार दिउसो ५ बजेको समयमा व्यास नगरपालिका वडा नं. ४ चाईनापुल नजिक पाल्पा बाट काठमाडौं तर्फ जादै गरेका मनोज कार्की र कमल सिंह बस्न्यातलाई २ जनाले दमौली चाइनापुल नजिक लुटेका थिए । उक्त लुटपाटमा संलग्न रहेका चितवन भरतपुर महानगरपालिका वडा नं. ७ जगतपुर स्थायी घर भइ हाल व्यास न.पा.वडा नं. ३ भतेरीमा कवाडी संकलन गर्ने बर्ष ३३ को लक्षमण राई र व्यास नगरपालिका वडा नं. २ बाराही कलेज टोल बस्ने बर्ष २३ को प्रविन शाक्य लाइ प्रहरीले पक्राउ गरेको हो ।
२ जना अपरिचित व्यक्तिले डर धाक धम्की देखाई सावेल प्रहार गरी लुटेको खबर कमल कार्कीले तनहुँ प्रहरीलाई जानकारी गराए पश्चात तत्काल अनुसन्धान गर्दा राइ र शाक्य लाइ पक्राउ गर्न प्रहरी सफल भएको हो । लुटेराले मनोज कार्कीको नगद १७ हजार रुपैया र कमल बस्नेतको नगद १२ हजार रुपैया, सुनको आधा तोलाको औठी र घडी १ थान लुटेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले घटनामा संलग्न रहेका दुइको खोजतलास गर्दै जादा लक्षमण राईलाई सितलचोकबाट र प्रबिन शाक्यलाई उनको कोठा भित्रबाट पक्राउ गरेको हो । पक्राउ गरि राइको शरिर तलासी लिदा उनको साथबाट १ सय ३० रुपैया र शाक्यको साथबाट ६ हजार २ सय ७५ नगद रुपैया बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु लाइ उक्त नगद रुपैया सहित पक्राउ गरी रहजनी चोरी मुद्धामा अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की