पोखरा, २० असार । प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने लगभग निश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले गण्डकी नाम राख्न सहमति जुटाएको हो ।
निकै लामो छलफल र बहसपछि नेकपाका सांसदहरु बीच गण्डकी नाम राख्ने बिषयमा सहमति जुटेको हो । विशेषगरी माओवादी तर्फका सांसदहरु पहिचान सहितको नाम हुनुपर्ने भन्दै गण्डकी तमुवान राख्ने पक्षमा देखिएका थिए । केही एमालेका सांसदहरुले पनि त्यसलाई समर्थन गरेका थिए ।
तर धेरैको धारणा जातिय नाम भन्दा साझा नामको पक्षमा भएकोले छलफल लम्बिएको हो । केन्द्रिय तहका नेताहरुले पनि जाति नाम नराख्न आग्रह गरेपछि र बहुमत सांसदले गण्डकीको पक्ष लिएपछि प्रदेशको नामाकरण गण्डकी हुन लागेको हो ।
अर्थमन्त्री किरण गुरुङले समेत गुरुङहरुको पहिचान गण्डकीमा रहेकोले गण्डकी प्रदेश उपयुक्त हुने अभिब्यक्ति दिएपछि केही दिन पोखरामा नामको बिषयले निकै धेरै चर्चा पाएको थियो । नेकपाभित्रकै केही सांसदले हिमालयन प्रदेश पनि अघि सारेका थिए । नेकपा बाहेक काँग्रेस र जनमोर्चाले गण्डकी नाम राख्न पार्टीगत रुपमा निर्णय गराएर बुझाईसकेका छन् भने नयाँ शक्तिले चाहीँ गण्डकी–तमुवान राख्न प्राथमिकताका साथ सिफारिस गरेको छ ।
डिएनएनेपालको सहयोगमा
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो