पोखरा, २० असार । प्रदेश ४ का सांसदको भत्ता बढेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो । यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो ।
यसअघि चैत ३० गते बसेको प्रदेशसभा बैठकले सांसदको भत्तासहित तलब सुविधा तोकेको थियो । सांसदले ४५ हजार तलब लिँदै आएका छन् भने अन्य पदाधिकारीको तलव फरक छ । बैठकले प्रमुख प्रतिपक्षी दलका नेतालाई घरभाडाका रुपमा प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिपक्षी नेतालाई ५० हजार रुपैयाँ तलब र सवारी साधन, सञ्चार, निजी सचिवालय बन्दोबस्ती, इन्धन, बिलअनुसारको धारा, बिजुलीको रकम, भ्रमण भत्ता, अतिथि सत्कार लगायतका सुविधा दिईँदै आईएको छ ।
मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका सांसदलाई गम्भीर खालको विरामी पर्दा आर्थिक सहयोग गर्न मापदण्ड, कार्यविधि निर्माण गर्न र सरकारलाई सिफरिस गर्ने गरी समिति गठन गरिएको छ । ठूलो आर्थिक भार पर्ने गरी मृर्गौला, मुटु, क्यान्सर वा गम्भीर खालका रोग वा कुनै दुर्घटना भइपरी आएका मापदण्ड र कार्यविधिअनुसार आर्थिक सहयोगका लागि यो समिति बनेको हो ।
डिएनएनेपालबाट ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो