तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी २ जना पक्राउ गरेको छ । तनहुँ प्रहरीले गुण्डागर्दी गरि फरार रहेका प्रतिवादी लाइ पक्राउ गर्ने अभियान सुरु गरेको छ । प्रहरीको सो अभियान सुरु भए संगै फरार प्रतिबादिहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
तनहुँको व्यास नगरपालिका वडा नं. ७ सत्रसय स्थित गत २०७४ भदौ १६ गते राती सोहि स्थान बस्ने बर्ष २५ को चुन बहादुर गुरुङ, बर्ष ३० को चिमानसिंह गुरुङ र बर्ष २९ को बिजय क्षेत्रीलाई सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ समेतको समुहले धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएका थियो ।
उक्त घटनाको प्रतिबादी ब्यास नगरपालिका वडा नं. ४ हरिओम टोल बस्ने बर्ष २५ को साजन शाहीलाई गत आइतबार राती व्यास नगरपालिका वडा नं. १० पिजन हिल होटल एण्ड लजमा लुकी छिपी बसेको अबस्थामा तनहुँ प्रहरिले पक्राउ गरेको हो । उक्त घटनामा तुलसा गुरुङको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका शाही पक्राउ परेका हुन । शाही लाइ पक्राउ गरी आबश्यक कार्बाहीको लागि जिल्ला अदातल तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै, तनहुँ प्रहरीले मंगलबार ज्यान मार्ने उद्योग मुद्धामा संलग्न रही वारदात पश्चात भागी फरार रहेका प्रतिबादी म्याग्दे गाउँपालिका वडा नं. ७ रानिश्वारा बस्ने ३० वर्षीय बिकास नेपालीलाई पक्राउ गरेको छ ।
ब्यास नगरपालिका वडा नं. ४ दमौलीमा रहेको ड्राईभ इन होटल एण्ड लज भित्र बिरेन भन्ने बिरेन्द्र गुरुङलाई धारिलो हतियार खुकुरीले प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा अमिर गुरुङको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी ज्योती रोका समेत भएको ज्यान मार्ने उद्योग मुद्धा र गत २०७४ फागुन ९ गते जिल्ला म्याग्दे गाउँपालिका वडा नं. ६ मा सन्जिब राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा लक्ष्मी राईको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्धामा संलग्न रही वारदात पश्चात भागी फरार रहेका प्रतिबादी बिकास नेपालीलाई मंगलबार घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । नेपालि लाइ पक्राउ गरि आवश्यक कार्वाहीको लागी जिल्ला अदालत तनहुँ पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ