स्वीडेन विश्वकप क्वाटरफाइनलमा, सकियो स्वीजरल्यान्डको यात्रा

स्वीडेन विश्वकप क्वाटरफाइनलमा, सकियो स्वीजरल्यान्डको यात्रा

swe_uBJrR9wvs4

 स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्वीडेनले मंगलबार साँझ भएको खेलमा स्वीजरल्यान्डलाई १-० ले पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेको हो। इमिल फोर्सबर्गले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै स्वीडेनलाई क्वाटर फाइनल पुर्‍याउन पर्याप्त बन्यो। त्यसपछि दुवै देशले एक गोल पनि गर्न सकेनन्।

स्वीडेनले भने एक गोल गरेपछि रक्षात्मक खेलेको थियो। दुवै देशले गोलका लागि केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा फोर्सबर्गको गोल नै खेलको निर्णायक गोल भयो। स्वीडेन २४ वर्षपछि विश्वकपको क्वाटर फाइनलमा पुगेको हो।

पछिल्लो पटक स्वीडेन सन् १९९४ मा क्वाटर फाइनलसम्म पुगेको थियो। स्वीडेनले क्वाटर फाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ