पोखरा । प्रदेश नं. ४ को राजधानीमा सहमति जुटाएपनि नामका विषयमा अझै सहमति हुन सकेको छैन । प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेकपाबीच सहमति नजुटेपछि संसद बैठक २ दिनका लागि स्थगित भएको छ ।
मंगलबार नामबारे छलफल गर्ने तयारी थियो । तर नेकपा भित्रै मतभेद भएपछि आज बैठक नै नबसी सूचना टाँस गरेर स्थगित भएको छ । कार्यब्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगित गरिएको हो । विशेष कारणबश बैठक स्थगित गरिएको भनी सूचनाा टाँसिएको छ ।
नामको बिषयमा अव २१ गते मात्रै छलफल चल्नेछ । यसका लागि अन्य दलले आफ्ना धारणा दिईसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि, तत्कालिन एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो । माओवादीले कुनैपनि सुझाव दिन भ्याएको थिएन ।
दुई पार्टी एकभएपछि एमाले पनि गण्डकीबाट केही पछि हटेको बुझिएको छ । यद्यपी, नेकपाकै संसदीय बैठकमा पनि सांसदहरुले फरक मत राखेको श्रोत बताउँछ । केहीले गण्डकी-तमुवान राख्ने प्रश्ताव अघि सारेपनि केहीले चाहीँ त्यसको विरोध गरेको र गण्डकी नाम राख्नुपर्नेमा जोड दिएका छन् ।
अरु पार्टीले चाहीँ गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । यद्यपी नयाँ शक्तिले गण्डकीलाई दोश्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । जनमोर्चा र नेपाली काँग्रेसले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।
सुझाव संकलन समितिले पनि गण्डकीमा अधिक जनताको प्राथमिकता परेको प्रतिवेदन बनाएको छ । दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको छ ।
गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्प सहितको प्रतिवेदन सदनमा टेवुल गरेका थिए । त्यसपछि कुनै छलफल नगरी असार १७ गतेका लागि बैठक स्थगित भयो । १७ आईतबार बसेको बैठकले राजधानीको बिषयमा मात्रै छलफल गरेको थियो । सोमबार समेत थप छलफल गरी पोखरालाई सर्वसहमतिले राजधानी घोषणा गरिएको छ ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो