तनहुँ । तनहुँमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं. ११ गोल्मे स्थित साँखे खोला तर्ने क्रममा सोमबार साँझ स्थानीय ५० वर्षीय निल बहादुर गुरुङ घाइते अवस्थामा उद्धार गरिएको थियो ।
बगाएको स्थान देखी अन्दाजी ५०० मिटर तल पुर्याएको अवस्थामा उनलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरी स्थानीय फूलबारी अस्पताल साँखेमा उपचारका लागि लगेका र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भिमाद नगरपालिकाको वडा नं. ८ सिम्ले बस्ने करिब ५५ वर्षीय याम बहादुर कुमाललाई सेती नदीमा आएको बाढीले बगाएर वेपत्ता बनाएको छ । प्रहरी र स्थानीयहरुले उनको खोजी कार्य तीब्र पारेका छन् ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते