पोखरा, १५ असार । आज असार १५ ,अर्थात् १५ औँ राष्ट्रिय धान दिवस । धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि भन्ने मूल नाराका साथ मनाइँदैछ । असार १५ एबं धान दिवसको अबसरमा आज देशभर रोपाई महोत्सब हुदैछ । काठमाडौं, पोखरा लगायतका स्थानमा विशेष रोपाई महोत्सब हुदैछ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सब हुदैछ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित हुने १५ औ असारे रोपाई महोत्सव पोखरा महानगरपालिका २४ पामेमा गर्न लागिएको छ । स्थानीय अशोक पालिखे र कृष्णमोहन पराजुलीको चार रोपनी खेतमा महोत्सव गर्न लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले जानकारी दिए । महोत्सवमा रोपाई प्रतियोगिता, हिलोमा माच्छा समात्ने प्रतियोगीता, पर्यटन दौड प्रतियोगिता, रसी तान्ने प्रतियोगिता , साउने प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम गर्ने उनले बताए । सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन शुरु गरिएको थियो ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु-याउन भन्दै हरेक वर्ष धान दिवस मनाइँदै आएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन ९जिडिपी० मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन ।
युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रूपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरूपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञको भनाइ छ । नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।

सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो