इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो ।
विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । समूह जी बाट सबै तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
अघिल्लो चरणमा खेल्नुपर्ने टीमका बारेमा निश्चित भईसकेका कारण जित्दा भन्दा हार्दा कम सशक्त टीम भएकाले हार्दा नै दुवै यटमलाई फाईदा थियो । किनकि दुवै टीम नकआउट प्रवेश गरिसकेका थिए । त्यसैले, समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा इंग्ल्याण्ड र बेल्जियम दुवैले टिममा ब्यापक फेरबदल गरेका थिए ।
यसअघिका दुई म्याच खेलेका भन्दा बेल्जियमले ९ तथा इंग्ल्याण्डले ८ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो रोजाइको टिम मैदानमा उत्रँदा खेल अपेक्षाकृत प्रतिस्पर्धात्मक बन्न सकेन ।
समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।
यस समूहबाट समूह विजेता जानेतर्फको पोलमा ब्राजिल, फ्रान्स, अर्जेन्टिना, पोर्चुगल, उरुग्वेजस्ता प्रभावशाली टिम पुगिसकेका थिए । अर्को दोस्रो पोलमा भने स्पेनबाहेक उपाधि दाबेदार मानिएका टोली छैनन् । यसैकारण इंग्ल्याण्ड र बेल्जियम दुवैलाई उपविजेता बन्नु नै फाइदाजनक थियो ।
बुधबारको प्री-म्याच कन्फरेन्समा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका थिए ‘भोलि हामी राम्रो खेल्न त चाहन्छौँ, तर जीत हाम्रो प्राथमिकता होइन ।’ इंग्ल्याण्ड पनि यो परिस्थितिप्रति जानकार छ र उसले पनि जीतका लागि अधिकतम बल प्रयोग गर्ने थिएन ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने