मालेपाटनको फराकिलो सडकमा दिनदिनै दुर्घटना, म्याग्दीकी बृन्दाको ज्यान गयो

मालेपाटनको फराकिलो सडकमा दिनदिनै दुर्घटना, म्याग्दीकी बृन्दाको ज्यान गयो

Accident (2)

पोखरा । सडक फराकिलो, लेनको ज्ञानको कमी, सवारी तीब्र गतिमा । पोखरा ५ मालेपाटन सडकक्षेत्रमा पछिल्लो समय यही कारण धेरैले ज्यान गुमाएका छन् । दिनहुँ जसो सानोतिनो दुर्घटना भईरहने स्थानीय बताउँछन् ।

बुधबार बेलुकी दुर्घटना हुँदा फेरी एक जनाले ज्यान गुमाएका छन् । मोटरसाइकल दुर्घटनापछि पानी ट्यांकरले किच्दा म्याग्दी दाना ९ की २५ बर्षिया बृन्दा थापा मगरको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार ध १ प ५०२१ नम्बरको तीब्र गतिमा गुडेको पल्सर बाइक र ग४प ८७३८ नम्बरको साइन बाइक जुधेको थियो ।

पल्सर बाइक जिरो देखि माथि विन्ध्यवासिनीतर्फ र साइन बाइक तल जिरोतिर गईरहेको बताईन्छ । त्यसपछि पल्सर बाइक अनियन्त्रित भएर सडकमा पल्टँदा आफ्नै साइडबाट आइरहेको खानेपानी ट्यांकरले लडिरहेकी महिलालाई पेटमै पाँग्राले किच्दा आन्दाभुँडी नै बाहिर निस्केको थियो । साइन बाइकका चालकले भने आफूलाई कहिँ कतै चोट नलागेको र बाइकसँग नजुधेको जिकिर गरेको प्रहरीले जानकारी दिएको छ ।

पल्सर बाइकमा सवार म्याग्दी बरञ्जा १ का धनबहादुर छन्त्याल गम्भिर घाईते छन् । गण्डकी मेडिकलपछि थप उपचारका लागि मनिपाल अस्पताल लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ