सुन्दर कुमार थकाली,मुस्ताङ , मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गईरहेको छ ।जिल्लालाई धार्मिक तथा पर्यटकिय जिल्लाको रुपमा अझै व्यवस्थित गर्दे सदरमुकामलाई चुस्त राख्न घरपझोङ गाउँपालिका कार्यालयले सदरमुकाम जोमसोम आसपास सार्वजनिक जमिनमा अव्यस्थित रुपमा संञ्चालन भईरहेका फुटपाथे यातायातका काउन्टर ट्याङ्कीहरु हटाउने योजना ल्याएको हो ।
जसअनुसार गाउँपालिकाले पटक पटक व्यवसायीहरुलाई जानकारी गराउदा समेत उनीहरुले काउन्टर र अन्य ट्याङ्कीहरु हटाउन अटेर गरेपछि सोमवार घरपझोङ गाउँपालिका कार्यालय एक्शनमा उत्रिएको हो ।जसअनुसार गाउँपालिकाले उठाएका काउन्टर ट्याङ्कीहरु गाउँपालिका कार्यालयमा लगेर राखिएको छ ।यसअघि गाउँपालिका ति काउन्टर हटाउन प्रशासन र प्रहरीको सहयोग मागेपछि काउन्टर हटाउने अप्रेशन थालेको हो ।स्थानीयतह घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोमको वस्तीहरुलाई व्यस्थित गर्दे गाउँपालिकाको सुन्दरता अभिबृद्धि गर्ने उद्देश्यले यसप्रकारको अभियान थालेको जनाएको छ ।
सोमवार सदरमुकामलाई चुस्त राख्न घरपझोङ गाउँपालिकाका प्रतिनिनिधि टोली र सरोकारवाला निकायको टोलीले यस अभियानलाई पुर्णता दिएकोे घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीको भनाई छ ।उनका अनुसार अव्यस्थित रुपमा संञ्चालन भएका आधादर्जन यातायात व्यवसायीका फुटपाथे काउन्टरहरु हटाईएको जानकारी दिए ।उनअनुसार हटाईका यातायात व्यवसायीका काउन्टर तथा अन्य व्यवसायीका ट्याङ्कीहरु बसपार्क निर्माण संम्पन्न भएपछि पुनःबसपार्क भित्र संञ्चालन गर्न सक्ने व्यवस्था मिलाईने जानकारी दिए ।
‘हामीले व्यवसायीहरुलाई पहिल्यै सूचना जाहेर गरेका हौ,उहाँहरुले हाम्रो आग्रहलाई मानेनन्’उनले भने‘ यसकारण स्थानीयतहकै अगुवाईमा जिल्ला प्रशानन कार्यालय,जिल्ला प्रहरी कार्यालय,स्थानीय आमा समुह र नागरिक समाजको रोहबरमा सदरमुकाम जोमसोमका अव्यस्थित फुटपाथे ट्याङ्की हटाउन बाध्य भयौ ।’
गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले सदरमुकाम जोमसोमका सडक किनारामा अव्यस्थित रुपमा फुटपाथमा व्यवसाय संञ्चालन गर्दे गरेका व्यवसायीलाई वैकल्पिक व्यवस्था गरिने जानकारी दिईन् ।फुटपाथमा जथाभावी व्यवसाय संञ्चालन गर्दा जिल्लामा भित्रिने पर्यटकको मनस्थितीमा समेत नकारात्मक प्रभाव पु¥याउने र फुटपाथमा राखिएका सामानहरुमा धुलोमैलोका कारण पर्यटकको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नसक्ने भएकाले गाउँपालिकाले यसप्रकारको अभियानलाई अघि बढाएको जनाईन् ।उनले उनीहरुलाई गाउँपालिकानै छिट्टै अर्को व्यवस्था मिलाउने जनाईन्
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की