पोखरा, १० असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ मेगाहर्जले न्यूनतम पारिश्रमिक लागू गर्ने भएको छ । नवनियुक्त स्टेशन म्यानेजर रञ्जन अधिकारीले आइतबार पदभार ग्रहण गर्दै आउँदो साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिकलाई लागू गर्ने निर्णय गरेका हुन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले कार्यरत पत्रकार, कर्मचारी र कामदारकोे लागि सिफारिस गरेको न्यूनतम पारिश्रमिकलाई लागू गर्ने आफ्नो पहिलो निर्णय भएको स्टेशन म्यानेजर अधिकारीले जानकारी दिए ।
सञ्चार प्रतिष्ठानका पत्रकारका लागि १४ हजार एक सय र त्यस्ता प्रतिष्ठानका कर्मचारी तथा कामदारको हकमा १२ हजार पाँच सय न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ । स्ट्रिञ्जरको हकमा भने साविकको दरमा ५० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ । अब रेडियोमा कार्यरत पत्रकार, कर्मचारीले तोकिए बमोजिमका सेवा सुविधा पाउनेछन् ।
‘एफएममा यसअघि आवश्यकताका आधारमा कर्मचारी राखी आपसी समझदारीमा पारिश्रमिक प्रदान गरिँदै आएको थियो ।’ – स्टेशन म्यानेजर अधिकारीले भने– ‘अब बिग टीमले समयमा बैंकबाटै तलव प्राप्त गर्नेछन् ।’ रेडियोले समाचार शाखामा काम गर्न इच्छुक व्यक्तिको खोजी गरिरहेको अधिकारीले जनाए ।
यस्तै, युवा लक्षित कार्यक्रम उत्पादन गर्दै आएको एफएमले नयाँ नयाँ ‘कन्सेप्ट’ लिएर आउने प्रस्तोतालाई समेत रेडियोमा भित्राउन आतुर रहेको बताएको छ । नवनियुक्त ‘प्रोग्राम चिफ्’ शंकर तिवारीले समयानुकूल कार्यक्रम प्रसार गर्दै रेडियो पारखीको मन जित्ने अभियानमा लागेको बताए ।
बिग एफएमले डिजिटल प्रविधिलाई अंगाल्दै समयसापेक्ष परिस्कृत गरी अघि बढ्ने सोच बनाएको छ ।


सम्बन्धित समाचारः
बिग एफएमको स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो