बिज्ञान अनि प्रविधि प्रति उत्सुक हुने जो कोहीलाई पनि लाग्न सक्छ रोबोट सबैभन्दा पहिला कहिले र कहाँ बन्यो होला र कसले निर्माण गर्यो होला। रोबोटको सुरुवातको कुरा गर्दा धेरै पौराणिक कथाहरुमा समेत रोबोटको बिकास भएका तथ्यहरु उल्लेख गरिएका छन् ।
प्राचिनकालमा रोबोटलाई रोबोट भन्ने चलन थिएन र सबैभन्दा पहिले रोबोट शब्दको प्रयोग १९२१ मा ’चेकमा रोसमको युनिभर्सल रोबट्स ’(rossums universal roberts) नामक नाटकमा प्रयोग गरिएको थियो ।
रोबोटको मतलब चेक भाषामा कठिन परिश्रम अथवा मजदुर भन्ने बुझाउँछ । उक्त नाटकका लेखक केरेल केपेकले रोबोट शब्द प्रचलनमा ल्याएका थिए । त्यसपछि यो शब्द विश्वभरमा व्यापक प्रयोगमा आएको थियो ।
वास्तबमै सबै भन्दा पहिले रोबोटको निर्माण भने इसापुर्बको चौथो शताब्दीका एक जना ग्रिकका दार्श्निक अर्काइटसले गरेका थिए । दार्श्निक भएतापनि अर्काइटस म्याथम्याटिसियन,एस्ट्रोनोमर तथा स्ट्राटेजिस्ट समेत थिए । उनले आँफै उड्न सक्ने द फ्लाईङ पिजन नामको एउटा डिभाइसको निर्माण गरेका थिए ।
यो डिभाइस वाफको सहायतामा चल्न सक्थ्यो । आर्काइटसले बनाएको यहि स्वचालित डिभाइसलाइनै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ र आर्काइटसको यहि प्रयोग रोबोटिक्सको इतिहासमा कोषे ढुंगा साबित भयो । तत्पश्चात् अलेक्जेन्ड्रीयाका हिरोले वाफबाट चल्ने धेरै स्वचालित यन्त्रहरुको निर्माण गरे ।
यसपछि दशौ शताब्दितिर चीनमा सु(सोंगले एउटा घण्टाघरको निर्माण गरे जहाँ एउटा यान्त्रिक मुर्तिले हरेक घंटामा घन्टी बजाउने काम गर्दथ्यो ।
यस पछि सत्रौं शताब्दीमा यस्ता धेरै आकार र प्रकारका स्वचालित रोबोटहरुका निर्माण भए र ती रोबोटहरुले चित्र बनाउने,उड्ने तथा संगीत बजाउने देखि लिएर मानिसले गर्ने धेरै प्रकारका जटिल कामहरु गर्न सक्दथे । जापानी शिल्पकार हिसशिगे तानाका जसलाई जापानका एडीसनको रुपमा समेत चिनिन्छ,उनले एकदमै जटिल मेकानिकल खेलौनाहरु बनाएका थिए । ती मध्ये केहिले चिया बाड्ने तथा तिर हान्न सक्ने थिए भने केहि जापानी कान्जीका चरित्रहरु पनि थिए ।
यसरि १८ औ दशकतिर बिस्तारै ह्युमोनोइड रोबोटको बिकास हुँदै गयो । साधारणतया मानव ब्यबहारको नक्कल गर्ने र झट्ट हेर्दा पनि मानिस संग मिल्दो जुल्दो रुप रेखा भएका रोबोटहरुलाई ह्युमोनोइड रोबोट भनिन्छ ।
रोबोटले बोल्ने देखि लिएर जति पनि मानवीय आचरणको नकल गर्छ त्यो हेर्दा हामीलाई यस्तो लाग्छ कि यसले आफ्नै बुद्दी र बिबेकको प्रयोग गरेर यी सम्पूर्ण कामहरु गर्दछ र यसको आफ्नै उद्देश्य छ । तर रोबोट एउटा यान्त्रिक एजेन्ट हो । यसमा विद्युतीय मेकानिकल प्रणाली हुन्छ । संसारकै पहिलो ह्युमोनोइड रोबोट १८१० मा फ्रेडरिक कफमेनले बनाएका थिए । उनले ट्रम्पेट सहितको सैनिक ह्युमोनोइड रोबोट बनाएका थिए ।
१९२८ मा डब्ल्यु एच रिचार्डले ह्युमोनोइड रोबोटको निर्माण गरेका थिए र उक्त रोबोटलाई लन्डनमा प्रदर्शनीमा राखिएको थियो । रोबोटलाइ एरिक नाम दिइएको थियो र त्यसमा ११ वटा इलेक्ट्रोम्याग्नेट र १२ भोल्ट पावर भएको मोटर सहित एल्युमिनियमको कवच सूट थियो ।उक्त रोबोटले हात चलाउन सक्थ्यो भने यसलाई रिमोट कन्ट्रोल र भ्वाइस कन्ट्रोलले कन्ट्रोल गरिएको थियो।

यसरिनै २१ औ शताव्दी सम्म आइपुग्दा धेरै आधुनिक रोबोटहरुको विकास भयो । यान्त्रिक मानव अथवा कृतिम सहायक रोबोट र यिनीहरुलाई बनाउने प्रयाशको धेरै लामो इतिहास छ । तर पूर्णतया स्वायत्त मेशिनहरु भने केवल २० औ शताब्दीमा आए । विश्वमा पहिलो कमर्शियल,डिजिटल तथा प्रोग्रामेबल रोबोट जर्ज डेवल १९५४ मा बनाएका थिए,जसको नाम युनिमेट थियो । डिजिटल प्रणालीबाट चल्ने प्रोग्राम भएको पहिलो रोबोट युनिमेटको प्रयोग १९६१ मा मेसिनको लागि आवश्यक धातुका धेरै तातो टुक्राहरु उठाउन गरिएको थियो ।
आज विश्वसनीयताका साथ काम गर्ने बाणिज्य तथा औधोगिक रोबोटहरु व्यापक रुपमा सहज मुल्यमा उपलब्ध छन् र प्रयोगमा आइरहेका छन् । यसबाहेक नराम्रा र मानव जातिलाई बेफाइदा पुर्याउने कामका लागि पनि रोबोटहरूको व्यापक प्रयोग भइरहेको छ । ह्युमोनोइड रोबोटको प्रयोग यातायात, पृथ्वी र अन्तरिक्षको खोज,सर्जरी,हतियारको निर्माण, प्रयोगशाला अनुसंधान र उपभोक्ता र औधोगिक उत्पादनको लागि गरिंदै आइएको छ ।
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित