सुन्दर कुुमार थकाली,मुस्ताङ,असार
७, २०७५
हिमालपारी मुस्ताङमा पहिलो पटक चौथो अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र, ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र तथा पतञ्जली योगपीठको संयुक्त आयोजनामा बिहिवार पहिलो पटक योग दिवस मनाईएको हो ।
घरपझोङ गाउँपालिका अन्तर्गतका वडा नं.१,४ र ५ मा रहेको जोमसोम,ठिनी र मार्फाका स्थानीयवासीले योग दिवसमा सहभागिता जनाएका हुन् । वर्षेनी मे २१ तारिखमा मनाईने योग दिवस यसवर्ष मुस्ताङमा पनि मनाउन लागिएको आयोजकले जनाएको छ ।जसअन्र्तगत जोमसोममा भएको एक दिने प्रातःकालिन योग–साधना एवं सांस्कृतिक शिविरको मुस्ताङका प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेलले एक समारोहकाबीच उद्घाटन गरे ।सो अवसरमा सिडियो शिशिर पौडेलले ओम वाणी वास्तवमै सारगर्भिक शब्द भएकाले यसको नियमित उच्चारण अपरिहार्य भएको औल्याए ।उनले वास्तविक सुख शान्तिका लागि मानसिक एवं शारिरीक स्वास्थ्य जरुरी हुन्छ,जसको लागि योग महत्वपुर्ण हुन्छ,’सिडियो पौडेलले भने,‘स्वस्थ्य रहन नियमित योग आवश्यकता छ,यसले मानसिक सन्तुलन कायम राख्न उर्जा प्रदान गर्छ ।’

योग कार्यक्रममा ब्रम्हकुमार कृष्णले राजयोगले मानसिक तथा सुखका लागि सहयोग पु¥याउने जनाउदै यसको अभ्यासले संम्पूर्ण मानव स्वस्थ्यमा महत्वपुर्ण योगदान पु¥याउने दावी गरे ।कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख,३ वटै सुरक्षा निकायका प्रमुख ,नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
योग दिवसकै अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रका प्रशिक्षक ब्रह्माकुमार कृष्णले राजयोगको एवं पतञ्जली योगपीठकी संयोजक कमला लालचनले विभिन्न योगासनहरुको प्रशिक्षण दिएकी थिईन् ।
यसअघि अन्तराष्ट्रिय योग दिवसका अवसरमा घरपझोङ गाउँपालिकाका ३ वटै गाउँका करिव सय भन्दा बढी स्थानीयवासीको योग ¥यालीले जोमसोम बजार परिक्रमा गरेको थियो । अन्तराष्ट्रिय योग दिवस अघि सोमवार प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको प्राङ्गणमा भारतिय राजदुताबासका कर्मचारी तथा दुरदर्शनको टोलीले योग दिवस मनाएको मुक्तिनाथका बिकास समितिका कर्मचारी रविन सुबेदीले बताए ।शारिरीक तथा मानसिक रुपमा योग फाईदा पुग्ने भएकाले मुस्ताङमा योगा गर्ने र प्रवचन सुन्नेको संख्या बडिढरहेको ब्रम्हकुमार कृष्णले जानकारी दिए ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की