उपेक्षामा पर्यो मुस्ताङको नुन खानी,सबैले बेवास्ता गरे जानी जानी

उपेक्षामा पर्यो मुस्ताङको नुन खानी,सबैले बेवास्ता गरे जानी जानी

578b323f76a2f

मुस्ताङ । कुनै समय मुस्ताङको ढिके नुन भनेपछि नेपालको अधिकांश जिल्लामा पाइन्थ्यो ।बजारमा नुनको माग पूरा  गर्न यहाँका स्थानीयलाई भ्याइ नभ्याइ थियो |यहाँका स्थानीयले परम्परागत शैलीमै भएपनि   नुन बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका  थिए ।

सरल र सहज तरिकाले नै संचालनमा आउन सक्ने यो नुनखानी अहिले भने बन्द अवस्थामा रहेको छ।सरकारी निकायबाट यसको उत्खननको लागि पहल नहुँदा अहिले यो नुन खानी उपयोगमा आउन सकेको छैन ।

यसको संरक्षण त परै जाओस उल्टै आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरियो र केवल गाईभैंसीलाई मात्र खुवाउन सिमित गरियो | यसबाट मुस्ताङको नुन बजारमा ह्वात्तै ओरालो लागेको छुसाङका स्थानीय नविन कुमार गुरुङ बताउँछन् ।यसबाट स्थानीय समेत निरुत्साहित छन् ।

कुनै बेला अधिकांश जिल्लामा नुन आपूर्ति गर्ने स्थानीय स्वयंकै घरमा समेत भारतबाट आयातित नुनको प्रयोग हुन्छ।भारतबाट आयातित नुन समुन्द्र वा खानीमै आयोडिन युक्त हुँदैन ।प्रशोधित नुनमा उचित मात्रामा आयोडिन मिसाएर बजारमा पठाइन्छ ।यदि सरकारले यसको उत्खनन गरेर प्रशोधन केन्द्र  खोल्ने हो भने यहींको नुनमा समेत आयोडिन मिसाएर बजारमा पठाउन सकिन्छ ।

नुन देखि सुनसम्म विदेशबाट ल्याएर प्रयोग गर्ने तर स्थानीय श्रोत र साधनको खोजि नगर्ने सरकारी परिपाटीले नेपालका खानीहरु उपयोग बिहिन अवस्थामा रहेका छन् । सरकारले रेल देखि पानी जहाज सम्मका सपना  देखाइरहंदा थोरै    लगानीमा समेत संचालनमा आउन सक्ने यस्ता  श्रोतहरु उत्खनन नहुनुले स्थानीय   समेत चिन्तित देखिन्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ