अश्विन दानी, गोरखा । गणतन्त्र घोषणापछि पूर्वयुवराज पारस शाह पहिलोपटक गोरखा आएका छन् । मंगलबार गोरखा आएका शाहले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म भूकम्पले ध्वस्त पारेपछि पुननिर्माण भईरहेको गोरखा दरबारमा विशेष पूजाआजा गरेका हुन् ।
शाहले गोरखा दरबारको अवलोकन तथा पूजाआजा गरेपछि गोरखा संग्राहलय अवलोकन गरे । आधाघण्टा समय संग्राहलयमा बिताएका पारसले शाह वंशीय राजाहरूको इतिहास र पुराना हातहतियारबारे समेत चासो राखे ।
गोरखकाली मन्दिर शाह वंशीयहरुको कुलदेवताको मन्दिरसमेत रहेको पारसका निकट विक्रम सिंहले बताए । ‘उहाँ गोरखकालीको पूजा र गोरखनाथ बाबाको आशीर्वाद लिन यहाँ आउनुभएको हो’, सिंहले भने ।

उनले संङ्ग्रालयका सामानहरु मध्ये सबैभन्दा धेरै हातहतियारबारे चासो राख्दै हेरचाह अड्डाका कर्मचारीहरुलाई सोधपुछ गरेका थिए । उनलाई कमल थापा र पशुपतिशमशेर जवरा नेतृत्वको राप्रपाका कार्यकर्ताहरु र राजावादीहरुले लक्ष्मीबजारदेखि मोटरसाइकल ¥यालीसँगै गोरखा दरबारसम्म पु¥याएका थिए ।

पारसलाई दरबारमा बाजागाजाका साथ स्वागत गरिएको थियो । पारस आफैँले भने भ्रमण र पूजाआजा बारे मौन बेसे । उनी आजै काठमाण्डौँ फर्कने छन् ।

तस्विरः सन्तोष अधिकारी
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो