पोखरा, ६ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा पोखरामा प्रभातफेरी निकालिएको छ । वर्षेनी कार्यक्रम गर्दै आएको पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन प्रभातफेरी निकालेको हो । संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा दिवस मनाउने निर्णय गरेको थियो ।
बुधबार बिहान मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु भएको प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिएको थियो । मंगलबार पत्रकार भेटघाट आयोजना गरी योगको महत्वका बारेमा प्रवचनका साथै त्रिदिवसीय कार्यक्रम सार्वजनिक गरिएको थियो ।
समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा विहीबार बिहान हुने योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको जनाए । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुनेछ । स्थान उपलब्ध भएसम्म सबै निःशुल्क रुपमा सहभागी हुनेछन् । योग कक्षामा सहभागी हुन चकटीको व्यवस्था सहभागी आफैले गर्नुपर्ने योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले जनाईन् ।
समितिका सचिव विश्वमणि तिवारीले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैमा अनुरोध गरिएको छ ।

सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो