पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा बुधबार प्रभातफेरि कार्यक्रम गरिने जनाए । मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु हुने प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिनेछ ।
यस्तै, योग दिवसका दिन विहीबार बिहान योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम हुनेछ । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुने समितिका सचिव विश्वमणि तिवारीले जानकारी दिए । यहाँ योग दिवस मनाउन समिति अध्यक्ष सिग्देलको अध्यक्षतामा आयोजक समिति गठन गरि त्रिदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको हो ।
योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले योग दिवसको विशेष कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिन् । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैलाई अनुरोध समेत गरिन् ।

सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो