काठमाण्डौ । बिगतका बर्षहरुमा झैं यो वर्ष पनि आइसिटी अवार्ड २०१८ हुने भएको छ | आगामी भदौ १ गते हुने तेस्रो संस्करणको आइसिटी अवार्ड लिभिङ विथ आइसिटीले गर्न लागेको हो । जसमा आइसिटी क्षेत्रका विभिन्न ७ विधामा उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिने छ ।
यसअन्तर्गत बेस्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डसहित नयाँ विधाका रुपमा डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्ट्रप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड समावेश गरिएको आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।
आइसिटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरुले नोमिनेशन गर्नुपर्ने हुन्छ । अनलाइन रजिस्ट्रेसन असार १ गतेदेखि खुला हुनेछ । असार १६ गतेसम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड प्ूरा गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
यस संस्करणमा थपिएको आइसिटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइने छ । आइसिटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ ।
कसरी गर्ने अनलाइन आवेदन ?
अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ ।
पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले क्ष्ऋत् ब्धबचम सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ ।
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर