अपडेट: यती एयरको जहाज यसरी चिप्लिएर पुग्याे घाँसे मैदानमा (फोटो फिचर)

अपडेट: यती एयरको जहाज यसरी चिप्लिएर पुग्याे घाँसे मैदानमा (फोटो फिचर)

35488002_2058162267550377_5671725079981981696_n

पोखरा । पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि टर्निङका क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

विमानस्थलका सूचना अधिकृत काशिराम पौडेलका अनुसार दिउँसो २:४५ मा जहाज अवतरण गरेको थियो। जहाजमा पाइलट लविस चन्द सहित चालक दलका २ जना सदस्य १ परिचारिका  थिए । काठमाडौंबाट ६ जना विदेशी र बाँकी स्वदेशी गरि ३० जना यात्रु बोकेर आएको उडान नम्बर ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो। उनका अनुसार जहाजको पिच भाग छाडेर झन्डै २० मिटर बाहिर घाँसे मैदानमा पुगेको छ।

‘प्राविधिकले ‘हाइड्रोलिक फेलर’ भनेका छन्,’ प्राविधिको भनाई उद्घृत गर्दै पौडेलले भने, ‘यस विषयमा थप अनुसन्धान हुनेछ ।’ जहाजका यात्रु गाडीमा हालेर बाहिर ल्याइएको छ । जहाज चिप्लिएपनि विमानस्थल भने सूचारु छ।

विमानले रनवेलाई डिष्ट्रव नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले वताए । यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाण्डौवाट ईन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने वताइएको छ ।

उक्त विमान रन वे भन्दा बाहिर पुगेसंगै उद्धारको लागि खटिएको विमान्स्थलको टोली दमकल सहित तत्काल विमानस्थल नजिक पुगेको थियो । पोखरा एयरपोर्ट देखि नागढुंगा क्षेत्रबाट उक्त विमान के भएको भन्ने बिषयमा हेर्नेहरुको केही समय भिड नै लागेको थियो ।

तस्बिर : उमेश पुन/भिम क्षेत्री

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds