किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउपालिका वडा नं. ४ बिमलनगर स्थित सिद्द गुफा बेम्बो कटेजबाट ३ लाख ६१ हजार ७ सय ४५ नगद सहित १० जना जुवाडेहरु लाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
अबैध तबरबाट धेरै नगद पैसाको बाजी राखी जित हार हुने गरी जुवा खेल भइरहेको भन्ने सुचनाको आधारमा शनिबार राती १०:३० बजे जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक सहितको टोलीले उक्त जुवाडेहरु लाइ पक्राउ गरेको हो । उक्त कटेजको खानतलासी लिदा होटलको कोठा भित्र नगद र तासको पत्तिहरु राखी नगद रुपैयाको हार जित हुने गरी जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले उनीहरु लाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा होटल संचालक बन्दीपुर गाँउपालिका वडा नं. ४ वस्ने वर्ष ४५ को राजु भन्ने बल बहादुर थापा, शुक्लागण्की नगरपालिका वडा नं.११ बस्ने वर्ष ५७ को कदम बहादुर तामाङ, आबुखैरेनी गाँउपालिका वडा नं. १ बस्ने वर्ष २९ को प्रदिप घिमिरे, सोहि स्थान बस्ने वर्ष ४१ को प्रेम लम्साल, आबुखैरेनी गाँउपालिका वडा नं.३ बस्ने वर्ष ४५ को सोम बहादुर खत्री, बन्दीपुर गाँउपालिका वडा नं. ५ बस्ने वर्ष २८ को मदन कुमार श्रेष्ठ, बन्दीपुर गाँउपालिका वडा नं. १ बस्ने वर्ष ६० को आश बहादुर गुरुङ, सोहि स्थान वस्ने वर्ष ४५ को सुरेन्द्र बहादुर पुन, भानु नगरपालिका वडा नं. १ वस्ने वर्ष २८ को शिव तामाङ, भानु नगरपालिका वडा नं.२ बस्ने वर्ष ३९ को प्रेम प्रसाद दवाडी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उक्त जुवा खालबाट नगद रुपैया सहित मोबाईल सेटहरु र जुवा तास ५२ पत्ती फेला परेको तनहुँ प्रहरीले जनाएको छ । उक्त सामान बरामद गरी उनिहरुलाई जुवा मुद्दामा आज आइतबार जिल्ला अदालत तनहुँमा उपस्थित गराई ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला