पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भईरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने बताएका छन् । यो राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माण गर्न गम्भिर रहेको उनले बताए ।
पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका मन्त्री पण्डितले शनिबार विमानस्थलको निरीक्षण गरे । विमानस्थल आयोजना प्रमुख ई. बिनेश मुनन्कर्मीलाई विमानस्थल निर्माणका क्रममा केहि समस्या भए नभएकोबारे जिज्ञासा राखेका थिए ।
मन्त्री पण्डितले विभागीय मन्त्रीसँग पनि पोखरा विमानस्थलको बारेमा कुरा भएको जानकारी दिँदै विमानस्थल निर्माणमा मन्त्री, सरकार सबै गम्भिर भएको बताएका थिए ।

‘यो राष्ट्रिय गौरवको आयोजना सबैको साथ सहयोगबाट सम्पन्न हुनेछ । स्थानीय सरकारदेखि संघीय सरकारसम्म यसमा सकारात्मक छ ।’ मन्त्री पण्डितले भने– ‘काम भईरहेको छ । ठेक्का लिने कम्पनीले काम गरिरहेको छ । अहिले आएका भनिएका कुराहरु कि पहिल्यै आउनुपर्छ । बनाउने नबनाउने उपयुक्त स्थान हो होईन पहिल्यैको कुरा हो । चार दशकदेखि पोखरेलीले कुरेको विमानस्थल बनाउनुपर्छ भन्नेमा सरकार छ ।’

मन्त्री पण्डितले निजगढ विमानस्थल बनेपछि त्रिभुवन विमानस्थलभन्दा राम्रो हुने, भैरहवा विमानस्थल छिट्टै सञ्चालन हुने बताए । उनले पोखरा प्रकृति र सौदर्यताको धनी भएकाले यसलाई कसरी राम्रो बनाउने ? यहाँको विकास कसरी गर्ने ? स्थानीय तहले आफ्नो ठाउँबाट सक्दो गर्न, कर्मचारीले आफ्नो काम गर्न आग्रह गरे ।
सो अवसरमा आयोजना प्रमुख ई. मुनन्कर्मीले हालसम्म ४५ प्रतिशत अर्थवर्क कार्य सम्पन्न भईसकेको र डिजाईन सहित १२ प्रतिशत काम सकिएको जनाए । उनले रिठ्ठेपानी डाँडा १४.२ मिटर काट्नुपर्ने देखिएको जानकारी दिँदै धावनमार्ग २५०० मिटर लम्बाई र ६० मिटर चौडाईको हुने उल्लेख गरे । विजयपुर खोला तर्फको भागमा साउन मसान्तसम्ममा काम सकिने उनको भनाई छ ।
https://www.facebook.com/gandaknews/videos/838801322978788/
सो अवसमार पोखरा १४ का पूर्व अध्यक्ष भिमसेन थापाले पोखरा विमानस्थलमा बेलाबेलामा बखेडा झिक्ने काम भईरहको भन्दै पोखराको विकासमा काठमाण्डौ सधैं नकारात्मक देखिएको ठोकुवा गरे । मन्त्री पण्डितलाई विमानस्थल निर्माणमा कुनै नकारात्मक असर पर्ने खालको देखिएमा सहयोग गर्न अनुरोध गरेका थिए ।
सो अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रशासकीय अधिकृत शेषानारायण पौडेल, पोखरा १४ अध्यक्ष प्रेमबहादुर कार्की ठेक्का लिएको कम्पनी चाइनाको सिएमसिईका झु झान फेङ लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर
तस्वीरमा लमजुङको घलेगाऊँ
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
सन् २०२४ मा गण्डकीमा ५०४ जना पीडित, मानव अधिकार उल्लंघन कायमः इन्सेक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते