फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ आजबाट सुरु हुँदै छ । आजको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । उनीहरु मस्कोको लुझ्निकी रंगशालामा खेल्दै छन् ।
यो विश्वकपमा ३२ टिम सहभागि छन् । यसअघिको विजेता जर्मनीसहित ३२ दिनसम्म यी टिमहरुले ६४ खेल खेल्छन् ।
विश्वकपको २१ औं शृङ्खला ११ सहरका १२ रंगशालामा खेलिनेछ । यी रंगशालाहरु १८ सय माइलसम्म फैलिएका छन् ।फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ।
सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो। रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनौट भएको हो।
साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागि भैसकेको छ। विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन्। एक महिनासम्म चल्ने विश्वकप फुटबलमा ६४ खेल हुनेछन्। रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ। प्रतियोगितामा सहभागि हुन अधिकाशं देशका खेलाडी रसिया पुगिसकेका छन्।
यसपटकको विश्वकपको प्रबल दाबेदारो रुपमा ब्राजिल, स्पेन र फ्रान्सलाई हेरिएको छ। विश्वकप फुटबलको २१औं संस्करण जितेको जर्मनीले फिफा वरियताको शीर्ष स्थानमै रहेर यो विश्वकप पनि सुरू गर्दैछ। अर्जेन्टिना लियोनेल मेसी र युरोपियन च्याम्पियन पोर्चुगल क्रिस्टियानो रोनाल्डोका भरमा प्रतियोगिता जित्ने आशा बोकेर रूस पुगेका छन्।
प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागि हुदैँछन्।
विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै उपविजेताले २८ मिलिनय डलर पाउनेछ।
This will close in 3 seconds
सम्बन्धित खबर
सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने
उपविजेता महिला फुटबल टिमलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान
उपाधिमा चुकेपछि नेपाली टोलीका प्रशिक्षक तामाङद्वारा राजीनामा
नेपाल छैटौं पटक उपविजेतामै सीमित, बङ्गलादेश दोस्रो पटक च्याम्पियन
नेपाल र बंगलादेशको फाइनल खेल पृथ्वीचोकको बीग स्क्रीनमा
साफ महिला च्याम्पियनसिप : फाइनल हेर्न टिकट बिक्री सुरू, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा