पोखरामा बेवारिसे अवस्थामा बच्चा भेटियो

पोखरामा बेवारिसे अवस्थामा बच्चा भेटियो

baby-found

पोखरा । पोखरा लेखनाथ महानगरपालिका ७ शान्तिनगर चोक नजिकैको सटरको छेउमा बेवारिसे अवस्थामा एक नाबालक शिशु भेटिएको छ।

एक सटर अगाडी ब्ल्याङ्गकेट सहित भुइँमा सुताएर राखेको अवस्थामा सबेरै करिब एक-डेढ महिनाको नावालक भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आमाबाबुको खोजी गर्दा पनि नभेटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन्।

प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पु¥याएको छ।बच्चालाई लामो समय बाहिर हावामा छाडेका कारण बच्चाको अस्वस्थ भएकोले उद्धार गरि तत्काल अस्पताल पुर्याइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले गण्डकन्यूजलाई जानकारी दिए ।

राति नै बच्चालाई सटर छेउमा छाडिएका कारण स्वास्थ्य बिग्रिएको हो । बच्चालाई जन्डिस देखिएको र अहिले उपचार पश्चात बच्चाको अवस्था खतरा मुक्त रहेको डिएसपी कार्कीले बताए । उनका अनुसार बच्चालाई आफूले पाल्ने भन्दै धेरै संख्यामा ईच्छुक व्यक्ति आएका छन् । बाल कल्याण समितिले नियमानुसार प्रक्रिया अघि बढाउने उनले बताए ।

अहिलेसम्म कसैले बच्चा हराएको भन्ने खबर नगरेकोले बच्चाको अभिभावकलेनै नियतबस बच्चा छाडेर भागेको देखिन्छ ।

तस्विर: फेसबुकबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ