आँधिखोलाको संस्कृत गुरुकुलमा लायन्स क्लबको सहयोग

आँधिखोलाको संस्कृत गुरुकुलमा लायन्स क्लबको सहयोग

35189874_1736776106403739_940907058289442816_o

स्याङ्गजा ।लायन्स क्लब अफ पोखरा फेवा फिष्टेल सिटीले स्यांग्जाको आँधिखोला गाउँपालिकामा अवस्थित गुरुकुल बेद विद्याश्रममा सहयोग गरेको छ ।  उक्त संस्कृत गुरुकुलमा फर्निचरको अभावका कारण बटुकहरुलाई   पढाइमा भएको असहजतालाई मध्य नजर गर्दै डेक्स बेन्च  लगायतका फर्निचर सामाग्री सहयोग गरिएको हो ।  त्यस्तै गरी  त्यहाँ अध्ययनरत ४५ जना बटुरुलाई पोशाक  समेत वितरण गरिएको छ ।

 लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक  ३२५ बी १ नेपालका GLT कोअर्डिनेटर  तथा बर्ष २०१८/०१९ का डेजिगनेटेड डिस्ट्रिक  पिअारअाे इन चिफ लायन परमेश्वर बरालको  प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि कमिटी चेयर पर्सन लायन बाबुराम अधिकारी तथा कार्यक्रम संयोजकहरू एम जे एफ लायन केशब प्रसाद रेग्मी र लायन धन प्रसाद पाैडेलले स्कुल फर्निचर उपलब्ध गराएका थिए भने  लायन नारायण सुबेदीले बटुकहरुलाई पोशाक उपलब्ध गराएका थिए ।

संस्कृत शिक्षाको संरक्षणका साथै पुर्वीय दर्शनको अनुसन्धानमा टेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त गुरुकुलमा दर्जन बढी जिल्लाका ५० जना बटुक अध्ययन गर्दै आएका छन् ।कुनै नियमित श्रोत नभएको सो आश्रम मुष्ठीदानको भरमा संचालन हुँदै आएको छ ।

सेतिदोभानको सरस्वती आधारभूत बिद्यालयमा पानीट्यांकी र छात्रवृत्ति 

त्यस्तै गरि लायन्स क्लबले आँधिखोला गाउँपालिकामै रहेको सरस्वती आधारभूत बिद्यालयमा खानेपानी ट्यांकी समेत    वितरण गरेको छ ।त्यस बिद्यालयमा अध्ययनरत छात्र आयुष सुनार पढाउ अभियान अन्तर्गतको छात्रवृति समेत हस्तान्तरण गरिएको छ। बिद्यालयको  प्रांगणमा आयोजित एक कार्यक्रममा लायन लाली माया रेग्मीले खानेपानी ट्यांकी उपलब्ध गराएकी थिइन् । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds