किरण श्रेष्ठ, तनहुँ । बिरामी छोरोको ज्यान गएपछि बुबाले विष सेवन गरेका छन् । तनहुँ व्यास ४ का २५ बर्षिय याकु परियारले आफ्ना चार महिने छोराको मृत्यु भएको पीडामा विष खाएका हुन् ।
बिरामी अवस्थाको छोराको उपचारको क्रममा मृत्यु भएपछि छोराको बियोगमा विष सेवनपछि उनको अवस्था गम्भिर बनेको छ ।
उपचारका लागि दमौली अस्पतालमा लगिएकोमा त्यहाँ रहेका कर्मचारी र सर्वसाधारणसंगबाट २ हजार ५ सय रूपैया संकलन गरि एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि पोखरा पठाईएको छ । हाल परियारको गण्डकी मडिकल कलेजमा उपचार भईरहेको छ ।
उनको उपचार र बालकको अन्तिम संस्कारका लागि सहयोग जुटाउने क्रम जारी छ । सहयोगका लागि पत्रकार समुन्द्र पौडेललाई ९८५६०४५८३० मा सम्पर्क गर्न सकिनेछ ।
This will close in 3 seconds
सम्बन्धित खबर
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
गण्डकीका अधिकांश मन्त्री धनाढ्य, कोसँग कति छ सम्पत्ति ?
‘तिहारको उज्यालो प्रकाशले सत्य र न्यायको मार्गमा पथ प्रदर्शन गर्न सकोस्’
तनहुँको सयपत्री फूल कतार निर्यात
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा