मुस्ताङको थासाङमा सहायक सिडिओ सहितको टोलीद्वारा बजार अनुगमन

मुस्ताङको थासाङमा सहायक सिडिओ सहितको टोलीद्वारा बजार अनुगमन

20180611_145811

सुन्दर कुमार थकाली, मुस्ताङ । स्थानीय प्रशासनले मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न बजारको अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकार ी(सहायक सिडिओ) रामसुन्दर शर्माको नेतृत्वमा गएको टोलीले बजार अनुगमन गरेको हो । जिल्लामा अखाद्य वस्तुको बिक्री वितरण बढेको जनगुनासो बढेपछि बजार अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु कार्यालय, पत्रकार र सुरक्षाकर्मी सहभागी थिए ।

अनुगमनका क्रममा फेला परेका करिव १ लाख रुपैयाँ बराबरका अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

थासाङको लेतेमा १९ वटा होटल तथा किनारा पसल र घाँसामा १५ वटा होटल तथा किनारा पसल गरी ३४ वटा व्यवसायीको पसलमा अनुगमन गरिएको बताइएको छ

अनुमगन टोलीले व्यसायीलाई अनिवार्य आगन्तुुक पुस्तिक राख्न, व्यवसाय दर्ता गर्न र अखाद्य बस्तु बिक्री बितरण नगर्न निर्देशन दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ