किरण श्रेष्ठ, तनहुँ । तनहुँको शुक्लागण्डकी वडा नम्बर ७ खैरेनीटार बाट १२ जना जुवाडे नगद सहित पक्राउ परेका छन । खैरेनीटारमा रहेको हिराचन होटल एण्ड लजमा अबैध तबरबाट जुवा तास खेलीरहेको अवस्थामा १६० पत्ती तास र जुवा खालबाट नगद सहित उनीहरु लाइ प्रहरीले सोमबार पक्राउ गरेको हो ।
यसरि पक्राउ पर्नेहरुमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय हरिराम आले, सोहि स्थान बस्ने वर्ष ५५ को भिमलाल श्रेष्ठ, वर्ष २९ को उज्वल शर्मा, वर्ष ४५ को विनोद श्रेष्ठ, वर्ष ५३ को शक्ति हिराचन, वर्ष ४२ को उपेन्द्र तिमिल्सिना, वर्ष ३१ को निर्मल सिंह ठकुरी, वर्ष ३० दिपक अधिकारी, वर्ष ४३ को गंगाराम श्रेष्ठ, वर्ष ६४ को रामलाल हिराचन (घरबेटी), वर्ष ३२ को पदम थापा र गोरखाको गोरखा नगरपालिका २ बस्ने वर्ष ३४ को राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ सुनिल मल्लले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा प्रहरीले उक्त होटल खानतलासी गर्दा होटलको कोठामा अबैध तबरबाट जुवातास खेल्दै गरको अवस्थामा जुवा खालबाट नगद १ लाख २ हजार ६ सय १५ रुपैया सहित जुवाडेहरु लाइ नियन्त्रण लिइएको प्रहरी जनाएको छ । जुवा खेल्ने खेलाउने ब्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला