पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा ११, भानुमार्ग टोल विकास संस्था (क) ले निर्माण गरेको पिच बाटो उद्घाटन गरिएको छ ।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले शनिबार उद्घाटन गर्दै बाटो निर्माणसँगै त्यसको संरक्षण गर्नु पनि टोलको दायित्व रहेको बताए ।
आदिकवि भानुभक्तको शालिकदेखि पूर्वहुँदै भास्कर स्कूलसम्म करिब ५ सय ६० मिटर लम्बाइको बाटो वडा कार्यालयको सहयोग र उपभोक्ताबाट करिब २७ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको हो ।
टोल विकास संस्था अध्यक्ष राजेन्द्रबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य जंगबहादुर हमाल ठकुरी, पूर्व वडाध्यक्ष निर्मलप्रसाद कर्माचार्य, भानुभक्त (क) आमा समूह अध्यक्ष मिठु गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष नरकाजी गुरुङले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा उपभोक्ता समिति सचिव दामोदर आचार्यले स्वागत र सचिव सूर्यमोहन ढकाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ